नवजात शिशुको हत्यारा प्रेमजोडीलाई जन्मकैद

नवजात शिशुको हत्यारा प्रेमजोडीलाई जन्मकैद

कुश्माः अबैध गर्भधारणपछि जन्मेको शिशुको हत्या गरेको अभियोगमा पर्वत जिल्ला कारागारमा थुनामा रहेका प्रेम जोडीलाई पर्वत जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

पर्वतको नाङ्गलीबाङ्ग गाविस–४ की १८ बर्षीय संगीता रेग्मीलाई शिशु हत्यामा जन्मकैदको फैसला गरेको हो भने उनका प्रेमी बागलुङ्ग नगरपालिका वडा नं. १ रामरेखाका १९ बर्षीया मनोज बोहोरालाई कैद सजाय सुनाएको हो ।
    
पर्वत जिल्ला अदालतका जिल्ला न्यायधीश मोहनराज भट्टराईको एकल इजालासले मंगलबार दुई प्रेमी प्रेमिकालाई छुट्टाछुट्टै सजाय हुने गरी फैसला गरेको छ ।

अदालतले पर्वत नाग्लिवाङ ४ की संगीता रेग्मीलाई मुलुकी ऐन ज्यान सम्बन्धि महल १३ (३) बमोजिम सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ भने बाग्लुङ नगरपालिका १ रामरेखाका मनोज बोहोरालाई मुलुकी ऐन ज्यान सम्बन्धि महल १३(४) बमोजिम जन्मकैद हुने गरी फैसला सुनाएको हो ।
    
रेग्मी र बोहोराबीच लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो । अबैध सम्बन्धका कारण रहन गएको बच्चा जन्मेपछि हत्या गरेर घर नजिकै बारीमा गाडेको आरोपमा मुद्दा चलेको थियो ।

रेग्मी ले नाङ्गलीबाङ्ग ४ स्थित घर नजिकै घैयाबारी भन्ने स्थानमा २०७२ कार्तिक २१ मा जन्मदिइ धाँजा फाटेको ठाउँमा वेवारिसे अवस्थमा प्रहरीले फेला  पारेकोे थियो । शिशुको शव काग गिद्धले बाहिर निकालेर वेवारिसे अवस्थामा भेटिएपछि स्थानीयले कार्तिक २४ गते प्रहरीलाई खबर गरेका थिए ।
    
बागलुङ्गमा बसेर क्याम्पस पढ्दै गरेकी रेग्मी र बोहराको लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएको प्रहरी सोधपुछबाट प्रमाणित भएको थियो । उनीहरुलाई प्रहरीले प्रहरीले दुवैलाई पक्राउ गरी २०७२ मंसिर १६ गते पर्वत जिल्ला अदालतमा  कर्तव्य ज्यान अन्तर्गत मुद्धा दायर गरेको थियो ।    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.