बसमा तीन मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

बसमा तीन मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

दमौलीः आँबुखैरेनी नगरपालिका–७ स्थित मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत्गृह नजिकै बिहीबार एउटै बससँग तीन वटा मोटरसाइकल ठोक्किँदा घाइते भएका चारमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा आँबुखैरेनी नगरपालिका–६ का १९ वर्षीय विष्णु राई र सोही नगरपालिका–३ का किरण मगर रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

राईको भरतपुरस्थित पुरानो मेडिकल कलेज र मगरको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका आँबुखैरेनी नगरपालिका–२ बरादी का १९ वर्षीय मिलन गौली, १६ वर्षीय भिजन गौलीको काठमाडौँमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

मुग्लिनबाट आँबुखैरेनी आउँदै गरेको ना ६ ख ३९५६ नं को बस र विपरीत दिशाबाट जाँदै गरेका ग ९ प २३०५, ग ९ प १८९७ र ना ४ प ६९०० नं को मोटरसाइकल एक्कासि ठोक्किएका थिए ।

तीव्र गतिका कारण ती सवारी ठोक्किएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.