‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन
काठमाडौँः चर्चित गीत ‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको ४२ वर्षका उमेरमा निधन भएको छ ।
जण्डिस बिग्रिएपछि १० दिनदेखि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका गुरुङको बिहीबार साँझ अस्पतालमै मृत्यु भएको गायक कमलिकान्त भेटवालले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।
गुरुङको ‘आलुतामाले’ गीतसमेत समेत चर्चित छ । थप उपचारका लागि परिवारले दिल्ली लाने तयारी गरे पनि चिकित्सकले स्वास्थ्य गम्भीर भएको भन्दै भेन्टिलेटरमा राखेका थिए ।
आमा बेलायत भएकाले उनी नआउन्जेल गायक गुरुङको पार्थिव शरीर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिने छ ।
गुरुङका आलुतामा, धरान–पोखरा, सोल्टी, अनमोल, ढाक्रे, जीवन, जीवन–२लगायत एल्बम चर्चित छन् ।
प्रतिक्रिया दिनुहोस !
४
८