क्याथोलिक रिलिभ सर्भिसलाई खोरजत्रो घर बनाएको विषयमा जिविसको स्पष्टीकरण

क्याथोलिक रिलिभ सर्भिसलाई खोरजत्रो घर बनाएको विषयमा जिविसको स्पष्टीकरण

गोरखाः गोरखाका बिभिन्न ठाउँमा १० लाख खर्च गरेर खोरजत्रो घर बनाएको क्याथोलिक रिलिफ सर्भिस (सिआरएस)संग जिल्ला विकास समिति, गोरखाले तीन दिनभित्र लिखित स्पष्टीकरण माग गरेको छ ।

स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्यले अन्नपूर्णपोष्ट पत्रिकामा यसबारे समाचार आएपछि लिखित जवाफ माग गरिएको जानकारी दिए । ‘समाचारमा आएको बिषयमा के कसो भएको हो ? तीन दिनभित्र सबै बिबरण सहित लिखित जवाफ पेश गर्नू भनेर हामीले पत्र पठाएका छौं’, स्थानीय विकास अधिकारी आचार्यले भने ‘उनीहरुको जवाफ आएपछि त्यसको गहन अध्ययन गरी दोस्रो चरणमा के गर्नुपर्छ गर्छौं ।’ उनले सिआरएससंग यसअघि मौखिक रूपमा पनि सोधपुछ गरेको बताए ।

‘मौखिक जवाफ माग्दा सो घर बस्ने प्रयोजनका लागि नभई डमीका लागि मात्र बनाएको हो भने’, स्थानीय विकास अधिकारीले उनीहरुको भनाइ उद्धृत गर्दै भने, ‘प्रशिक्षार्थीहरुलाई तालिम दिँदा सो घर बनाएको भनेका थिए ।’ लिखित जवाफको आधारमा कारबाही प्रक्रिया अघि बढाउने उनले बताए ।

गोरखामा मात्रै २ सय कर्मचारी
आठवटा घर बनाउन ८२ लाख खर्च
बाँसलाई ट्रिटमेन्ट गर्न भन्दै लाखौं खर्च
राहतका सामान गोदाममा सरे

सिआरएसले नयाँ घर बनाउन सिकाउने क्रममा १० लाख रुपियाँ खर्च गरेर खोर जत्रो घर बनाएको बारे अन्नपूर्ण दैनिकमा समाचार प्रकाशन भएको थियो । सो बिषयले देश विदेशमा चर्चा पाएपछि सिआरएसको काठमाण्डौंस्थित मुख्य कार्यालयका र दक्षिण एशिया कार्यालयका प्रतिनिधि गोरखा आई आन्तरिक अनुगमन गरेका स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.