त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या २२ पुग्यो (अपडेट)

त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या २२ पुग्यो (अपडेट)

चितवनः चितवनमा त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या २२ पुगेको छ। दुर्घटनामा परी १७ जना गम्भीर घाइते भएका छन्। घाइतेको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नम्बरको यात्रुबाहक बस शुक्रवार विहान नारायणगढ–मुग्लिन सडकखण्डको चण्डिभञ्ज्याङ गाविसको कालीखोला नजिकैबाट त्रिशूली नदीमा खस्दा २२ जनाको मृत्यु भएको हो।  बस दुघर्टनाका मृतकमध्ये १० जनाको सनाखत भएको छ । 

मुदलवा–३ बस्ने ३६ वर्षीय चितरन्दन यादव,  लौकाह बस्ने ३० वर्षीय राकेश यादव, कटहरिया–९ बस्ने ३५ वर्षीय बृजकिशोर कुशहवा, महमदपुर–८ बस्ने २४ वर्षीय प्रमोद राम, बसतपुर–१ का २५ वर्षीय गणेशकुमार साह, मुदलवा–६ बस्ने ३३ वर्षीय राजेशप्रसाद यादव,  गौरी नगरपालिका–१२ बस्ने ५५ वर्षीय जोखु साह, इनरुवा–७ बस्ने ६५ वर्षीय जोगेन्द्र गिरी सँगै  भारत पूर्वी चम्पारण विहारका ३६ वर्षीय थेकन ठाकुर र ३७ वर्षीय शङ्कर ठाकुरको सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अन्यको सनाखत हुने क्रम जारी रहेको प्रहरीको भनाइ छ ।

बसमा झन्डै ४० जना यात्रु सवार रहेका थिए। नदीमा वेपत्ता भएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। बस सडकबाट झन्डै एकसय मिटर तल त्रिशूली नदीमा खसेको हो।  उक्त बस बिहीवार साँझ ६ बजे रौतहटको सदरमुकाम गौरबाट पोखराका लागि छुटेको थियो। प्रहरी गस्ती टोलीले नदीमा बस डुबेको देखेपछि मात्रै बस दुर्घटनामा परेको थाहा भएको थियो।

घाइतेमध्ये १२ जनाको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा र पाँच जनाको भरतपुरकै कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारको टोली दुर्घटनामा परी वेपत्ता भएकाहरुको उद्धारका लागि खटिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.