जुँगा कथा

जुँगा कथा

सेलिब्रेटी ब्यांकर अनिल शाह केही समययता सलक्क परेको चुच्चे जुँगामा देखिन्छन् । नोभेम्बर महिनालाई 'नो सेभिङ मन्थ'का रूपमा मनाइन्छ । यो महिनाभरि दाह्री काट्दा खर्च हुने रकम क्यान्सरपीडितको सहयोगार्थ प्रदान गरिन्छ । एक महिना दाह्रीजुँगा नकाटेका अनिललाई केही समय अझै दाह्रीजुँगा काट्न अल्छी लाग्यो । सबै चिज रूपान्तरण हुँदैछन् ।

हाम्रा पुराना राम्रा कुराहरू पनि बिर्संदै गएका छौं । उनले आफ्ना हजुरबुवाहरू र पृथ्वीनारायण शाहलाई सम्झिए । उनीहरूको झपक्क परेको जुँगा देखेर जुँगाको स्याहार गर्न थाले । सलक्क परेको राम्रो बनाउन जुँगामा 'वाक्स' प्रयोग गर्न थाले । भन्छन्, 'अब त काट्छु भन्दा पनि आफ्नै परिचय हराउँछ कि जस्तो लाग्न थाल्यो ।'

काट्न अल्छी लागेर हो या जुँगाकै रहर भएर हो, युवा पुस्तामा छेउछेउमा चुच्चो पारेको कालो जुँगाको फेसन नै चलेको छ । होचो कदका लिथोग्राफी कलाकार कविराज लामाले पनि केही समयदेखि जुँगा स्याहारिरहेका छन् । मंगोलियनहरूका लागि प्रायः दाह्रीजुँगा रहरैमात्र हुने गर्छ । बीचको भाग खाली भए पनि छेउछेउमा आएको जुँगालाई बटारेर रहर सोख पुरा गरेका छन् ।

परिपक्व देखिन पनि उनलाई जुँगाको लोभ लागेको हो । 'जुँगा भएपछि परिपक्व मान्छे भनेर काम पनि छिटो गरिदिन्छन् ।' उनले भने, 'आफैं परिपक्व भएजस्तो फिल गर्छु ।' उनका नजिकका मान्छेहरू धेरैले यो जुँगा मन पराएका छन् । कति ठाउँमा त 'उ जुँगे आयो' पनि भन्छन् । उनलाई जुँगामै ठाँटिन मन पर्न थालिसकेको छ । भर्खरै जुँगे अनुहारको परिचय बन्दै गइरहेको बेला छिट्टै जुँगा काट्ने योजना बनाएका छैनन् ।

गायक युवराज चौलागाईं जुँगे लुकमा जमिरहेका छन् । उनको स्वरसँगै जुँगे लुकको फ्यान पनि बढिरहेका छन् । गायक युवराज चौलागाईं एक वर्षदेखि जुँगे लुकमा छन् । पुरुषहरू आफ्नो शानको रूपमा घमण्ड गर्दै जुँगा मठार्ने गर्छन् । तर युवराजलाई जुँगामात्र होइन, अरू कुनै कुरामा पनि घमण्ड छैन । फरक र स्टाइलिस देखिने रहरमा धेरैले जुँगा पालेका छन् । युवराजको पनि यो बेग्लै स्टाइल हो ।

बाबाले जुँगा पालेको साह्रै मन पराउने उनलाई आफ्नो जुँगा पनि त्यस्तै बनाउन मन लाग्यो । जुँगाले खान माग्दैन । त्यसैले हुर्काउन गाह्रो छैन । आफैं आउने जुँगालाई यसो बटारेपछि स्टाइलिस देखिइहाल्छ । कहिलेकाहीँ जुँगा काटिहाले भने पनि उनका शुभचिन्तकहरू जुँगा पाल्न अनुरोध गर्छन् । विशेषगरी महिला शुभचिन्तकले उनको जुँगा साह्रै मन पराउँछन् रे । भन्छन्, 'धेरैले सुहायो भन्छन्, अब त यही रूप नै मेरो परिचय बनिसक्यो ।'

जुँगाका थुप्रै स्टाइल छन् । नोभेम्बरमा जुगाको स्टाइल बढी खोजी हुन्छ । अमेरिकन स्टाइलमा लामो जुँगा धेरै देखिन्छन् भने फ्रेन्च स्टाइलमा नाकको तल छोटा जुँगाहरू देखिन्छन् । चाइनिजमा पेन्सिल स्टाइल जुँगा चलनमा छ ।

हास्यकलाकार चार्ली च्याप्लिन र हिटलर फ्रेन्च स्टाइल जुँगाबाट चर्चित छन् । नेपालमा लङ सेप जुँगा बढी चलनमा छ । जुन हाम्रै पुर्खाको स्टाइल भएको जुँगा पाल्नेहरू बताउँछन् । पुराना राजाहरूका तस्बिरमा पनि छेउमा बटारिएका लामा जुँगा देखिन्छन् ।

जुँगा पाल्ने आफ्नै तरिका र सोख हुन्छ । भारत जयपुरका रामसिंह चौहानले सात फिट लामो जुँगा पालेर सन् २०१० मा विश्वकै सबैभन्दा लामो जुँगा भएको मानिसका रूपमा कीर्तिमान राखे । उनले सन् १९८२ देखि जुँगा पाल्न सुरु गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.