बाजेको सेकुवाः मसलाको जादु

बाजेको सेकुवाः मसलाको जादु

आजभन्दा ३७ वर्षअघि दीनानाथ भण्डारीलाई केही गर्नुपर्छ भन्ने लाग्यो । काठमाडौंको सिनामंगलमा भण्डारीले सानो छाप्रोमा सेकुवा बेच्न सुरु गरे । आज देशभर 'ब्रान्ड' बनेको बाजेको सेकुवा उनले आफैं राखेको नाम होइन । सेकुवा खान आउने आगन्तुकले नै उनको व्यवसायको न्वारन गरिदिएका हुन् ।

कहाँ जाने भन्दा 'बाजेको सेकुवा' खान जाऊँ न भन्दाभन्दै उनको सेकुवा व्यवसायको नाम नै 'बाजेको सेकुवा' रहन गयो । भण्डारी थर भएकाले उनलाई बाजे भनिन्थ्यो । त्यही भएर उनको सेकुवा व्यवसायलाई ग्राहकहरूले नै बाजेको सेकुवा राखिदिएको मार्केटिङ अफिसर सुधीरविक्रम शाहले बताए । स्थापनाको लामो समयपछि २०६३ सालमा सोह्रखुट्टेमा अर्को शाखा खोलियो । शाखा विस्तार गर्दा दीनानाथका छोरा चेतन भण्डारीले पसलको नाम 'बाजेको सेकुवा' नै राख्ने निधो गरेका थिए ।

यति बेला बाजेको सेकुवा भनेपछि खानाका सामान्य पारखीदेखि सोखिनहरूका लागि जिब्रोमा झुन्डिएको स्वादका रूपमा लिइन्छ । पाहुनाको माग र रुचिलाई ध्यानमा राखेर बाजेको सेकुवाले आफ्नो विस्तारलाई पनि तीव्रता दिएको छ । यति बेला राजधानीको सिनामंगल, सोह्रखुट्टे, गैह्रीधारा, अनामनगर र बत्तीसपुतलीमा बाजेको सेकुवाले शाखा विस्तार गरिसकेको छ भने फ्रेन्चाइजिज मोडेलमा चितवनको भरतपुर, पोखरा, सातदोबाटो, सुकेधारा र गोंगबुमा पनि आफ्नो उपस्थिति बनाइसकेको छ ।

'सबै शाखामा पाइने परिकारको स्वादमा समानता छ, यही हाम्रो विशेषता हो', मार्केटिङ अफिसर शाहले भने, 'हामी सम्पूर्ण शाखाका लागि सेन्ट्रल किचनमै मसला मोल्ने काम गर्छौं ।' कमलपोखरीमा रहेको बाजेको सेन्ट्रल किचनमा देशैभरका शाखामा तयार हुने सेकुवाका लागि मसला मोल्ने काम गरिने उनले बताए । बाजेको सेकुवामा प्रयोग हुने मसला र बाबारी जातको खसी यसको विशेषता हो । त्यही भएर पनि स्वादमा एकरूपता भएको फ्रेन्चाइज व्यवस्थापक प्रतीक चौधरीको भनाइ छ ।

बाजेको सेकुवामा पस्नेले नछुटाई खाने परिकार सेकुवा, ह्याकुला साँधेको, तारेको, सेकुवा सिजलगर हुन् । टाउकोमा आँखा, जिब्रो पोलेको, कान, गिदी आदि हुन् । 'बाजेको सेकुवामा पसेपछि सम्पूर्ण नेपाली स्न्याक्स पाउन सकिन्छ', चौधरीले भने । नेपाली खाना, भुटन, ह्याकुला, फिला, फोक्सो, चस्ता खुब रुचाइनेमध्ये पर्छन् ।

शाकाहारीका लागि पनि बाजेको सेकुवाले छुट्टै व्यवस्था गरेको छ । पनिर, मसरुम, क्याप्सिकम, विन्स, क्यारोज, काउली फ्लावरबाट बनेको सेकुवाको स्वाद बाजेको सेकुवाले शाकाहारीका लागि पस्कने गरेको शाहले बताए । उसो त पनिर पकौडा, भेज पकौडा, स्पेसल आलु, जीरा आलु, असारे आलु र मुलाको अचार निकै रुचाइने स्वादमा पर्छ । भेज खाजा सेटमा आलुतामाको सुप र ननभेज खाजा सेटमा खसीको हड्डीको सुप प्रख्यात छ ।

'हामीले देशैभरका शाखामा स्ट्यान्डर अपरेटिङ प्रोसिड्युर (एसओपी) अपनाउँछौं', शाहले भने, 'यसले गर्दा हामीले स्वाद र क्वालिटीमा एकरूपता दिन सकेका छौं । बेलाबेलामा गुणस्तर र परिणामका विषयमा पनि अडिड भइरहने उनले बताए । आफूहरूको ब्रान्डमा समस्या नहोस् भनेर कहिलेकाहीँ मान्छे पठाएर रहस्यमय क्वालिटी जाँच पनि गरिने गरेको शाहको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.