नुनदेखि सुनसम्म कालोबजारी

नुनदेखि सुनसम्म कालोबजारी

सिन्धुलीः जिल्लामा कलोबजारीका कारण नुनदेखि सुनसम्म ठगी हुने गरेको गुनासो आइरहेका बेला बजारमा अखाद्य पदार्थका साथै मिसावट हुनेदेखि म्याद गुज्रेका सामानको बिक्री बढेको पाइएको छ ।

जिल्लामा लामो समयपछि गरिएको बजार अनुगमनका क्रममा यस्तो पाइएको हो । जिल्लामा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका खाद्य निरीक्षक जगतप्रकाश चौधरीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्मल पनेरू, जिल्ला प्रशासनका प्रतिनिधि केशव पोखरेल, जिल्ला उपभोक्ता समितिका अध्यक्ष अच्युतम ढकाल, उद्योग वाणिज्य संघका प्रतिनिधि रामकुमार राजभरी, सञ्चारकर्मीलगायतको संयुक्त टोलीले गरेको बजार अनुगमका क्रममा यस्तो पाइएको हो ।

बजार अनुगमनका क्रममा नुनदेखि सुनसम्म बिक्री गर्ने गरेका व्यापारी तथा व्यवसायीहरूबाट ग्राहक तथा उपभोक्ता ठगिँदै आएको प्रस्ट भएको हो । बजार अनुगमनका क्रममा साबिक मूल्यभन्दा चार गुणासम्म बढी रकम लिने गरेको, मूल्य सूची नराखेको, दर्ता तथा स्वीकृतिबिना नै बिक्रीवितरण गर्ने गरेको, खाद्य पदार्थमा अखाद्य पदार्थ मसावट गर्ने, अखाद्य पदार्थ बक्री गर्ने, म्याद गुज्रेको पेय पदार्थ बिक्रीवितरण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामकुमार सारुमगरका अनुसार खाने तेल, दाल, चामल, तरकारी, कुखुरा, बंगुरको दाना, औषधि, निर्माणका सामग्रीमा व्यवसायीले चर्को मूल्य लिने गरेको पाइएको हो ।

उनले भने, ‘जिल्लामा दैनिक उपभोग्य सामग्री, निर्माण सामग्रीमा मूल्य वृद्धि गर्नेदेखि खाद्य पदार्थमा लापरबाही गर्नेहरूसमेत उत्तिकै भेटिएका छन् । उनीहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।’

अनुगमनका क्रममा धरैजसो व्यापारीले चिसो पेय पदार्थका साथै म्याद सकिएको रक्सी बिक्री गर्ने गरेको पाइएको छ । सारुमगरका अनुसार अनुगमन टोलीले सिन्धुलीस्थित विभिन्न किराना पसल, खाद्य उद्योग तथा होटेल, रेस्टुरेन्ट र मिठाइ पसलमा अनुगमन तथा निरीक्षण गरेको थियो ।

अनुगमनका क्रममा कमलामाई नगरपालिका ६ स्थित हेमन्त किराना पसलबाट म्याद सकिएका विभिन्न प्रकारका खाद्य सामग्री जफत गरी कारबाही अघि बढाइएको छ । यस्तै कनपा ६ कै निशा किराना पसलबाट म्याद सकिएको ९ सय १० बोतल पैय पदार्थ नियन्त्रणमा लिइएको छ । प्रकाश किराना पसल, शुभलक्ष्मी इन्टरप्राइजेज, सपना किराना पसल, श्रेष्ठ जेनेरल स्टोर्सलगायतबाट म्याद सकिएका पेय तथा अखाद्य पदार्थ नियन्त्रणमा लिएर कारबाही थालिएको छ ।

सुन व्यापारीले समेत बढी रसायन हालेर ग्राहकलाई ठगी गर्ने गरेका छन् । उनीहरुले ज्यालामा समेत बढी मूल्य लिने गरेको पीडितको भनाई छ । 

कतिपय व्यवसायीले मूल्यसूची नै नराख्ने र खाद्य पदार्थ तथा अखाद्य पदार्थ एकै ठाउँमा मिसाएर राख्ने गरेको पाइएको छ । जिल्लामा दाल र प्याजमा समेत व्यापक मूल्य बढेको छ । हरियो तरकारीको मूल्यसमेत छोइनसक्नु भएको गुनासो छ । जिल्लामा नुनको मूल्यमा समेत एकरूपता छैन भने सुन व्यवसायीले पनि मनपरी गर्ने गरेका छन् । बजारका कुनै पनि व्यापारीले टाँसेको मूल्यसूचीका आधारमा सामान बिक्री नगर्ने गरेको पाइएको स्थानीय उपभोक्ता सरोज भट्टराईले बताए ।

जिल्लामा सुन व्यापारीले समेत बढी रसायन हालेर ग्राहकलाई ठगी गर्ने गरेका छन् । उनीहरूले ज्यालामा समेत बढी मूल्य लिने गरेको जानकारी स्रोतले दियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.