पाँच महिनाको उपचारपछि नयाँ जीवनमा श्याम भुजेल

पाँच महिनाको उपचारपछि  नयाँ जीवनमा श्याम भुजेल

काठमाडौँः मानसिक स्वास्थ्य समस्या अन्य सामान्य समस्या जस्तै उपचार गरे निको हुन्छ भन्ने एक उदाहरण हुन् दोलखाका श्याम भुजेल ।

फलामको खोरमा थुनिएका ४० वर्षीय श्यामलाई २०७२ फागुन ४ गते दोलखाको जुँगु गाविसबाट राष्ट्रिय मानसिक स्वास्थ्य स्वबलम्बव संगठन (कोशिस)का सदस्यले उद्धार गरी काठमाडौँ ल्याए ।

अमानवीय शैलीमा फलामको खोरभित्र राखिएको खबर अन्नपूर्ण अनलाइनमा पढेपछि कोशिसको टोली श्यामको उद्धारका लागि जुँगु पुगेको थियो । लामो समयदेखि मानसिक स्वास्थ्य समस्यामा रहेका श्याम ७२ वैशाख १२ को भूकम्पपछि अझ बढी बिरामी परेका थिए । मानसिक समस्या बढ्दै जाँदा परिवार र समाजमा उपद्रो मच्चाउन थालेपछि परिवारले स्थानीय सहकारी संस्थाबाट ऋण लिएर उनलाई फलामको खोर बनाएर थुनेका थिए ।

उद्धार गरेर काठमाडौँ ल्याएपछि पाँच महिनाको अवधिमा श्यामको स्वास्थ्यमा उल्लेख्य सुधार आएको कोशिसका अध्यक्ष मातृका देवकोटा सुनाउछन् ।
उद्धार गरेर राजधानी ल्याउदा एक्कलै बरबराउने र सबैलाई गालीगलौज गर्ने श्यामको व्यवहारमा अहिले पुरै परिवर्तन आएको छ । कोशिसको अल्पकालिन आवासीय गृहमा हुने दैनिक उपचारमा श्याम सहभागी हुन थालेका छन् ।

‘कोशिसको अल्पकालिन आवासमा हुने थेरापेटिक क्रियाकलमा स्वतस्फूर्त सहभागी हुनुहुन्छ,’ देवकोटाले भने, ‘उहाँले आफ्नो व्यक्तिगत सरसफाई दैनिक गर्नुका साथै मानसिक समस्याको औषधि समेत नियमित आफैँ खान थाल्नुभएको छ ।’

६ महिनाको उपचार पछि मानसिक रुपमा स्वास्थ्य भइसकेका श्यामलाई कोशिसले घर पठाउने तयारी गरेको छ । तर, उनको परिवारले भने घरपरिवारमा लान नचाहेको देवकोटाले बताए । ‘स्वास्थ्यमा सुधार भएपछि श्यामलाई घर पठाउने प्रयास भइरहेको छ तर उनका परिवारले लान चाहँदैनन्,’ देवकोटाले भने, ‘हाम्रो पटक–पटकको प्रयासपछि उनका परिवारले एकपटक भेटेका छन् तर अझै पनि पुर्नस्थापनामा कठिनाइ आइपरेको छ ।’

कोशिसले श्यामको अवस्था सुधारका लागि उनको परिवारलाई थुप्रै धनराशी सहयोग प्राप्त भए पनि त्यसको सदुपयोग श्यामको नाममा नभएकोप्रति समेत चिन्ता व्यक्त गरेको छ । स्थानीय समुदायले उनको स्वास्थ्यलाई मध्यनजर गर्दै प्राप्त सहयोग उनको औषधि उपचारमा खर्च गर्न पहल गर्नुपर्ने देवकोटाको भनाइ छ ।

उनको स्वास्थ्यमा पूर्ण ठिक भए पनि निरन्तर औषधि खानुपर्ने भएकाले परिवारले विशेष ख्याल गर्नुपर्ने देवकोटा बताउछन् । ललितपुरको बागडोलमा रहेको कोशिसले मानसिक स्वास्थ्य समस्याका बिरामीलाई उपचारपछि परिवारमा पुर्नस्थापना गर्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.