दाङमा एक महिलाको हत्या
तुलसीपुरः दाङमा एकजना महिलाको हत्या भएको छ।
त्रिपुर नगरपालिका–१० निवासी ४७ वर्षीया विष्णु ओलीको गएराति हत्या भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घरबाट करिब २० मिटर टाढा उनको शब फेला परेको थियो। उनका श्रीमान भने दोस्री श्रीमतिका साथमा भारतमा बस्दै आएका छन्।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
४
८