त्रिशुली बस दुर्घटनाका सात जनाको सनाखत
चितवनः शुक्रबार बिहान नारायणगढ–मुग्लिन खण्डमा भएको बस दुर्घटनाका मृतकमध्ये सातजनाको सनाखत भएको छ । रौतहटबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नम्बरको बस शुक्रबार बिहान पाँच बजेतिर चण्डिभञ्ज्याङ ६ कालिखोला बाट त्रिशुली नदीमा खस्दा २२ जनाको मृत्यु भएको छ ।
बस सडकबाट झण्डै एक सय मिटर तल त्रिशुली नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरका अनुसार मृतक २२ मध्ये सातजनाको मात्र सनाखत हुन सकेको छ ।
सनाखत
उमेर र ठेगाना नखुलेका जोकु साह
मधुवल्ला ३ का ३७ वर्षीय चितरञ्जन यादव,
मधुवल्ला ६ का ३३ वर्षीय राजेशकुमार यादव,
रौतहट महमदपुर ८ का २४ वर्षीय प्रमोद राम,
रौतहट लौकाहाका राकेश यादव,
कटारीया ९ रौतहटका ३४ वर्षीय ब्रजकिशोर कुसवाहा,
बसन्तपुर १ का २५ वर्षीय गणेशकुमार साह