लक्ष्मी रानालाई दीपशिखा खड्काको तीन लाख सहयोग
काठमाडौँः नायिका तथा मोडल दीपशिखा खड्काले मृर्गौलापीडित कलाकार लक्ष्मी रानालाई तीन लाख सहयोग गरेकी छन् । दीपशिखा फाउण्डेसन स्थापना गरेर समाज सेवा सुरु गरेकी दीपशिखाले लक्ष्मीलाई व्यक्तिगत पहलमा तीन लाख सहयोग गरेकी हुन् ।
‘लभ यु बाबा’ चलचित्रको क्यारिटी शोबाट उठेको रकमले भूकम्पपीडित विद्यार्थीलाई छात्रवृत्ति दिँदै समाज सेवामा सक्रिय खड्का अहिले लक्ष्मीको जीवन बचाऊ अभियानमा सक्रिय छिन् ।
मृर्गौलापीडित कलाकार राना उपचार अभावमा जीवन मरणको दोसाँधमा छिन् । रानाको वीर अस्पतालमा उपचार भइरहेको छ । रानालाई अहिले दैनिक १७ हजारको औषधि सेवन गर्नुपर्छ ।