छोराको स्थायी शिक्षक बन्ने सपना त्रिशुलीले बगायो

छोराको स्थायी शिक्षक बन्ने सपना त्रिशुलीले बगायो

गरौः मुडवलवा गाबिसका चितरन्जन यादवको स्थायी शिक्षक बन्ने ठूलो सपना थियो । तर, उनको सपना अब कहिलै पूरा हुनेछैन् । बिहीबार राति गौर बाट पोखरा जादै गरेको बस चितवनको  त्रिशुली नदीमा खस्दा यादवको जस्तै एक दर्जन बढी युवाको शिक्षक बनेर देशको सेवा गर्ने सपना त्रिशुलीले खाइदिएको छ ।

शनिबार शिक्षक सेवा आयोगको पोखरामा संचालन हुने  परीक्षामा समेल हुन रौतहट बाट गएका धेरै युवाले  दुर्घटनामा ज्यान गुमाएका छन् ।

रौतहटको मुडवलवा गाविसका मात्रै पाँचजना युवा दुर्घटनामा परेका छन् । तीन जना शुक्रबार साँझसम्म पनि हराइरहेका छन् । दुर्घटनामा परेका मुकेश राम चमार, रामवालक जैसवाल, रवीरन्जन राय यादव फेला नपरेको स्थानीय रविन्द्र साहले जानकारी दिए । रबिरन्जनले अस्थायी शिक्षकको जागिर छोडेर आयोगको तयारी गर्दै थिए र  शनिबार पोखरामा हुने आयोगको परीक्षामा सामेल हुन जादै थिए ।

मुकेशका बाबु चन्द्रदेव रामले भने, ‘छोराको केही पत्तो लागेको छैन् हलो जोतेर पढाएको छोरो दुर्घटनामा हरायो ।’ स्नातक उत्र्तीण गरेका मुकेश स्थायी शिक्षक बन्ने सपना बोकेर पोखरामा परीक्षा दिन जादै थिए ।

चितरन्जन बिगत १० बर्षदेखि स्थानीय नेमधारी उच्च माविमा माध्यमिक स्तरका अस्थायी शिक्षक थिए । गणित बिषयमा स्नाकोत्तर गरेका उनको स्थायी शिक्षक हुने ठुलो सपना थियो । जिल्ला प्रशासन कार्यालयमा मतदाता परिचय पत्रको फोटो खिच्ने काम गर्दै आएका मुडवलवाकै मुकेश राम चमारको परिवार पनि शोकमा डुबेको छ ।

घटनाको खबर सुने लगत्तै सो गाउँ शोकमा डुबेको छ । मृतक र बेपत्ताको आफन्त मुर्छित अवस्थामा रहेका छन् । परीक्षा दिन घर बाट निस्कदा राजेश यादवले आइतबार नै घर फर्किने आश्वासन दिएको उनकी श्रीमती नितु देवी यादवले भक्कानिदै भनिन् ।

दुर्घटनामा परेका राजेश लक्ष्मीपुर बेलबिछवा गाविसमा रहेको निम्न माध्यमिक विद्यालयका पीसीएफ कोटाका शिक्षक थिए उनी बिज्ञान र गणित बिषय पढाउथे ।  गौर बाट गएको बस दुर्घटना भएको समाचार आउनासाथै परिवारजन र आफन्तमा रुवावासी सुरु भएको थियो ।

गौर नगरपालिका १२ घर भएका खानेपानी संस्थानमा कार्यरत जोखु साह सरुवा भएर कास्कीको हेम्जा जादै थिए । उनको पनि दुर्घटनामा ज्यान गएको छ ।

प्रहरीका अनुसार सनाखत भएका मध्ये रौतहटका मात्रै  मुडवलवा गाविस ३ का ३५ बर्षीय चितरञ्जन राय यादव, मुडवलवा ६ का ३३ बर्षीय राजेशप्रसाद यादव, लौकाहा गाविसका ३० बर्षीय राकेश यादव, कटहरिया ९ का वृजकिशोर कुश्वाह, महम्मदपुर गाविस ८ का २४ बर्षीय प्रमोद राम, गौर नपा १२ का ५५ बर्षीय जोखु साह, गौर १३ की ३५ बर्षीया सन्ध्या श्रीवास्तव, बसन्तपुर गाविस १ का २५ बर्षीय गणेशकुमार साह, इनरवा गाविस ७ का ६५ बर्षीय  जोगेन्द्र गिरी, लौकाहा गाविस २ का सचिन्द्रप्रसाद यादव, जयनगर का शेष सहजित आलम, राजपुर तुल्सीका कामेश्वर साहको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.