सांस्कृतिक संरचनामा युवा संचेतना 

सांस्कृतिक संरचनामा युवा संचेतना 

भारतीय र चिनियाँ सांस्कृतिक संस्कारको दोभान बनेको नेपालभूमि अस्तित्वको अस्मिता भोगी बनेको छ । दुई भौगोलिक पर्यावरणका संयुक्ताकार मेची–महाकाली लाम्चो उत्तर–दक्षिण व्यासयुक्त नेपाली भूगोल चित्र दोभानभित्रको अस्तित्वका अस्मिता बोधितत्व पक्कै हो ।

सांस्कृतिक इतिहास भनौं वा ऐतिहासिक संस्कृतिले त्यस अस्तित्वका अस्मिता बोधि तत्वको संचेतना बेलामौकामा उजागर गर्दै आएको इतिहास साक्षी छ । अत्याधिक नेपाली आकृति मंगोलमुखी रहेर पनि भारतीय संस्कारका संचेतनाद्वारा ओतप्रोत रहनु नेपाल र नेपाली सांस्कृतिक सञ्चेतनासार बन्छ । यस अभिव्यक्तिलाई मुखरण पार्ने स्व. ऋषिकेश शाह वर्तमान यथार्थवादी हुन् । राजनीति सबै अन्य सहायक नीतिहरूका प्रमुख सूत्र भएकाले त्यसकै सूत्र–धुनमा अरू संस्कारहरूका संचेतना धून बज्छन् वा बजेका छन् ।

गोपाल र महिषपाल वंशदेखि श्रीगणेश भएको नेपाली इतिहासमूलक संस्कृतिका ऐतिहासिक अवशेषहरू अझसम्मै फेला पार्न सकिएका छैनन् । त्यसपछिका कितवंशीय शासन संस्कारका चिनो निशान पनि फेला परिसकेका छैनन् । गोपाल र महिषपालहरू दक्षिणायनी र किरातीहरू उत्तरायणी हुन् । भौगोलिक पर्यावरणले हाम्रा रूप संरचना र आकृतिजन्य स्वरूप बन्ने भए पनि सामीप्य–सहवासले संचेतनात्मक संस्कार बन्न पुग्छन् । भौगोलिक पर्यावरणद्वारा प्रभावित वंशानुगत स्वरूप र शारीरिक आकृति पुस्तान्तरण हुँदै गएको छ । परन्तु, सांस्कृतिक संचेतनामूलक स्वभाव र व्यवहारहरू भने वैचारिक सामीप्य र सहवासमा चेतनान्तरण हुने प्रवृत्तिका इतिवृत्ति हो । भाषिक संस्कार र तिनको अन्तरण प्रसंग यसका सटिक प्रमाण बन्छ ।

एउटा भाषिक संस्कारमा हुर्केबढेका बालक त्यसैमा अभ्यस्त भएर त्यसै भाषिक संरचनाका संचेतना वाहक बन्छ । तर, एक भाषिक संचेतना संस्कारभित्र जन्मेका बालकलाई अर्कै भाषिक संचेतना संस्कार भएका परिवार, समुदाय वा समाजमा समावेश ग¥यो भने तिनले प्रवेश पाएको परिवार, समुदाय वा समाजको भाषिक संस्कारलाई आत्मसात् गर्छ ।

नेपालीभाषीहरू अरूभन्दा ३० वर्ष अघिसम्म काठमाडौं उपत्यका बसोबास हुँदा नेपालभाषा र नेवारी नेवारले बोलेकै ध्वनि, स्वर र लवजमा बोल्थे । अचेल यसको उल्टो भइसकेको छ । नेवार समुदायका बालबालिका पिँढीहरू नै नेपालभाषा ठेट बोल्दैनन् । चीनमा जन्मेर त्यहीँ हुर्केका नेपालीका सन्ततीले नेपालीभन्दा चिनियाँ बोल्छन्, शुद्धतापूर्वक ।

चार वर्ण छत्तीस जातको फूलबारी भन्नु र सार्वभौम नेपाली जनता भन्नु समयसापेक्ष अभिव्यक्ति बन्छ । प्रत्येक अभिव्यक्तिमा समयले सापेक्षता पाएको हुन्छ । अभिव्यक्तिको प्रयोजन समयसापेक्ष सन्देश प्रवाह गर्नु हुन्छ । सन्देश प्रवाह गर्नुको प्रयोजन सरोकारवाला पक्षलाई सुसूचित राख्नु हुन्छ । सुसूचित राख्नुको प्रयोजन सरोकारवाला पक्षलाई विज्ञ राख्नु हो ।

चार वर्ण छत्तीस जातको फूलबारी भन्नु र सार्वभौम नेपाली जनता भन्नु समयसापेक्ष अभिव्यक्ति बन्छ । प्रत्येक अभिव्यक्तिमा समयले सापेक्षता पाएको हुन्छ । अभिव्यक्तिको प्रयोजन समयसापेक्ष सन्देश प्रवाह गर्नु हुन्छ । 

विज्ञ राख्नुको प्रयोजन प्रायोजित काममा सरोकारवाला पक्षलाई समागम गराउनु हो । समागमका स्वरूपहरू अनेक हुन्छन् । ती स्वरुपहरू संस्कारमूलक रहन्छन् । संस्कारमूलक समागमका स्वरूपहरूमा भाषिक साधन, स्रोत र बेवहार आदि समावेश हुन आउँछन् । भाषिक स्वरूपले बोलीवचन, समाजमा प्रयोग हुने र भइरहेका सामग्री, स्रोत भन्नाले मानिसका वर्ण, स्वरूप र शारीरिक कद अनुसारका मूलबाट प्रवाहित भइरहेका जीवन पद्धति र व्यावहारिक चर्या बुझ्नुपर्ने हुन आउँछ । जीवन पद्धतिमूलक संस्कारगत आचरण र दैनिक व्यवहार आदि संस्कृतिका आयामहरूमध्ये एक पक्कै पनि हुन् ।

सांस्कृतिक संचेतनाका प्रस·लाई राष्ट्रिय अर्थात् नेपाली प्रसंगमा विश्लेषण गर्न राष्ट्रिय संचेतनालाई सांस्कृतिक संचेतनासित कसरी आबद्ध छ भनेर नियाल्नुपर्ने हुन्छ । राष्ट्रिय संचेतना र सांस्कृतिक संचेतना आपसमा आबद्ध रहेका हुन्छन् । तिनै आबद्धताका कारण दुवै संचेतना एक आपसका परिपूरक एवं परिपोषक रहेका छन् । राष्ट्रिय सांस्कृतिक संचेतनाका आधारभूत सेरोफेरो भन्नु राष्ट्रवादको संचेतना बिन्दु बन्छ । बडामहाराजाधिराज पृथ्वीनारायण शाहका ‘मेरा साना दुःखले आर्जेको मुलुक होइन । सबै जातको फूलबारी हो ।

सबैलाई चेतना भया यो फूलबारीका छोटा बडा चारै वर्ण छत्तीसै जातको यो असल हिन्दुस्थान हो । आफ्नो कुलको धर्म नछाड्नू ।’ दिव्य उपदेशभित्र खाँदिएका अवधारणाहरूलाई विश्लेषण नगरी हुन्न, गर्नुपर्ने नै हुन्छ ।

सांस्कृतिक संचेतनाका जरो राष्ट्रिय भावनाका भोगाइहरूका व्यावहारिक दर्शन हो । राष्ट्रिय सांस्कृतिक संचेतना भोगाइहरूबाटै राष्ट्रिय सांस्कृतिक परम्पराका जग बस्दछन् । राष्ट्रबिनाको फूलबारी र फूलबारीबिनाको संस्कृति निर्माण हुन सक्दैनन् । फूलबारी राष्ट्रभित्र निर्माण हुन्छ । फूलबारीसरह संस्कृतिको खेती राष्ट्रभित्र हुन्छ । यसैकारणले संस्कृति राष्ट्रको पहिचानमूलक व्यवहारका प्रदर्शनी बन्छ ।

मुलुकलाई फूलबारी सन्तुलन गर्नु राष्ट्रवादको ज्वलन्त चिनारी बन्छ । मुलुकलाई फूलबारीसितै फुलाउने कार्यमा सबैको चेतनालाई उजागर गर्नु राष्ट्रनिर्माता मुलुक मन्त्र बन्छ । मुलुकलाई फूलबारी देख्न सक्नु राजनेताभित्रका काव्यात्मक अनुरागको अनुष्ठान बन्छ । यो अढाई सय वर्ष पुरानो तर जीवन्त आख्यान हो । यसलाई वर्तमानसित जोड्दा सार्वभौम नागरिकको वर्तमान संविधानको मर्मसित पनि सार्थक सामीप्य राख्छ ।

पृथ्वीनारायण शाह युवा अवस्थामै थिए, जब उनले राष्ट्रिय एकीकरणको अभियान थालेका थिए । पृथ्वीनारायण शाह त्यस बेलाका युग द्रष्टा थिए । उनका युग दर्शनका लम्बाइ वर्तमान सार्वभौम नागरिक संचेतनासम्मै लम्बिएको छ । उनले नेपाललाई असल हिन्दुस्थान नामकरण गरे यस निमित्त कि नेपाल हिमजलले सिञ्चित पवित्र हिन्दुभूमि बनेको थियो । छ्यासमिस नास्ती पवित्र हिमजल भूमि गंगा, गोदावरीका सिन्धुमती स्रोत थिए । नेपालका चार वर्ण र छत्तीस जात विशुद्ध हिन्दुहरूको बासस्थान ‘हिन्दुस्थान’ बनेथे ।

अब वर्णव्यवस्था र वर्णा श्रम धर्मसंस्कृति पातलिँदै दुब्लाउँदै गएकाले नेपाललाई हामी विशुद्ध नेपालस्थान नेपाल भन्न मन पराउँछौं । यसलाई समयसापेक्ष सांस्कृतिक राष्ट्रवाद भन्न रुचाउँछौं हामी यसकारणले कि नेपाल नेपाली संस्कार वर्तमान विश्व सम्पदा बनेको छ । विश्व सम्पदा संचेतनाले यसरी राष्ट्रिय संस्कार उन्मुख संचेतनालाई टेवा पुर्‍याएको छ ।

युवा पृथ्वीनारायण शाहका युवा संचेतनाभित्रका प्रौढ जागरण सदाबहार संचेतना हो । ‘सबैलाई चेतना भया’ वाक्यांशलाई नेपाली संचेतना-ऋचा मान्नुपर्ने हुन्छ । त्यो संचेतना आजको पनि संचेतना स्रोत बनेको छ । पृथ्वीनारायण शाह नहोस् त नेपाल र नेपाली इतिहासको रूपरेखा अर्कै हुने थियो ।

इतिहासविद्हरूले नेपाल अधिराज्यको राजनीतिक इतिहासमा उनको जीवनक्रमलाई वर्तमान शाहवंशीय राजनीतिक परम्परागत संस्कृतिको पाटोको पहिलो बिन्दु माने । उनका पूर्वजहरूका नाम वंशावलीय उल्लेख बनेका हुन् । विभिन्न कालखण्डमा इतिहासको रूपरेखाले आफ्नै धारलाई प्रतिस्थापन गरेको भए पनि शाहवंशीय परम्पराले नेपाल र नेपालीपनको जगेर्ना गर्दै आएको इतिहासमात्र नरही यथार्थ नै बनेको छ ।

वैयक्तिक होस् या ऐतिहासिक सन्दर्भमा सही युवा अवस्था वृद्धि, फैलाव, धावा र परि श्रमको काल साबित छ । प्रौढावस्था सुदृढताको कालखण्ड बन्दछ या बनेको छ । यसलाई जीवन विकासक्रममा व्यक्ति वा राष्ट्रले चालेका अभियानमूलक क्रियाकलापको सारगर्भित अध्ययनले पुष्ट पार्दो छ । यस सन्दर्भमा स्मरणीय बिन्दु बन्छ कि इतिहास एकलकाँटे पाटो नभई राष्ट्रिय अभियानका भूराजनीतिक सन्दर्भ, समाज राजनीतिक सन्दर्भ, अर्थ राजनीतिक सन्दर्भ, उद्योग वाणिज्य राजनीतिक सन्दर्भ, सांस्कृतिक राजनीतिक सन्दर्भ, विकास राजनीतिक सन्दर्भ, विज्ञान राजनीतिक सन्दर्भ आदिका समग्रमा सामूहिक जनजीवन उत्थानक्रमका मार्मिक सन्दर्भ मान्नुपर्छ । राष्ट्रको सिंगो ऐतिहासिक क्रमलाई विश्लेषण गर्ने हो भने प्रत्येक कालखण्डले माथि उल्लेख गरिएका विविध पक्षलाई समयसमयमा प्राथमिकताक्रमका सामग्री बनाएको भेटिन्छ ।

पृथ्वीनारायण शाहले युवाकालमा चालेका जोश र होशका जाँगर तिनका प्रत्येक ऐतिहासिक पुस्ताका लागि अनन्त र दिव्य उपदेश बनेको छ । यसलाई सबै नेपालीका नेपालले र नेपालका आमनेपालीले आत्मसात् नगरी हुन्न । यसै सन्दर्भमा कथनीय लाग्छ कि सबै नेपाली यसका लागि क्षमतावान् भएर पनि सबै नेपालीलाई त्यस क्षमताले भने अँगालो हालेको देखिन्न ।

राष्ट्रिय सुदृढीकरणको सन्दर्भमा यस बेला जे जरुरत परेको छ, त्यो नेपाललाई उनकै चार वर्ण छत्तीस जातको फूलबारी बनाउन सांस्कृतिक, सामाजिक, आर्थिक, औद्योगिक र वैज्ञानिक विकास क्रमसित गाँस्दै उन्दै लानु अपरिहार्य छ । मात्र राजनीतिक नारा र सोच पर्याप्त छैन । राजनीतिलाई यी सबै तŒवका संयोजन तङव बनाइनुपर्ने टड्कारो खाँचो छ । राष्ट्रिय सांस्कृतिक संरचनामा यो युवा संचेतना भरपूर जागरण हुनुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.