अवसरबापत 'कास्टिङ काउच'

अवसरबापत 'कास्टिङ काउच'

कास्टिङकाउच भन्ने शब्द प्रायः मनोरञ्जन क्षेत्रमा चलेको सुनिन्छ । चलचित्र उद्योगमा समयको अन्तरालसँगै कास्टिङ काउच सुनिने गर्छ । कास्टिङ काउच अर्थात् कामका लागि अवसर दिएबापत मालिकले लिने यौनिक फाइदा । फाइदा लिने निर्देशकले कामको खोजीमा रहेका नयाँ नायकनायिकाको करिअर चम्काइदिने आश्वासन दिन्छन् । कास्टिङ काउचको सिकार बन्नेहरू प्रायः नायिकाहरू नै हुन्छन् । कहिलेकाहीँ भने नायकहरू पनि पीडित बनेका हुन्छन् । हलिउडदेखि बलिउडसम्म कास्टिङ काउच प्रचलनमा छ । कास्टिङ काउचबारे आफूले गरेको अनुभूति चलनचल्तीका नायिकाहरू यसरी सुनाउँछन्ः

स्थापित भएपछि पीडित, मेघन फक्स

हलिउडकी जल्दीबल्दी नायिकाका रूपमा हेरिन्छ मेघन फक्सलाई । ३० वर्षीया मेघन कुनै पनि नायिकाले कुनै न कुनै समयमा कास्टिङ काउच सामना गरेको दाबी गर्छिन् । चाहे ऊ करिअरको जुनसुकै उचाइमा पुगेको किन नहोस्, उसले कास्टिङ काउचको सामना गरेको उनको दाबी छ ।

'मैले स्थापित भएपछि कास्टिङ काउचको अनुभव गरेकी छु । साँच्चै यो निकै नै हृदयविदारक थियो । अरूको भन्दा मेरो कथा फरक थियो, किनकि मैले सेलिब्रेटीका रूपमा चिनिएपछि यस्तो अवस्था सामना गर्नु परेको थियो । उनको भनाइलाई मान्ने हो भने प्रायः कलाकार करिअरको सुरुआतका दिनमा यसको सिकार भएका हुन्छन् । 'तर, कतिले यस्तो कुरा भन्छन्, कतिले मनमा गुम्स्याएर राख्छन् । फरक यति हो', उनले भनिन् ।

१९ वर्षमा कास्टिङ काउच, चार्लिज थेरोन

'मोस्टर', 'नर्थ कन्ट्री', 'स्नो ह्वाइट', 'द हन्ट्समेन'जस्ता फिल्ममा काम गरिसकेकी अमेरिकन नायिका चार्लिजले पनि कास्टिङ काउचको अनुभव गरेको बताएकी छन् । ४१ वर्ष पुगेकी चार्लिजले एक अन्तर्वार्तामा आफूले १९ वर्षको उमेरमा त्यस्तो अनुभव गरेको बताएकी हुन् ।

साउथ अफ्रिकाबाट हलिउडमा आएकी चार्लिजले लसएन्जलसस्थित निर्देशकको घरमा भएको अडिसनमा यस्तो अनुभव बटुलेकी हुन् । त्यति बेला निर्देशकले भित्र बोलाएर ड्रिङ्सको अफर गरेको तर आफू उचित मान्छेलाई प्रस्ताव नगरेको भनेर धक्की दिँदै बाहिर निस्किएको बताएकी छन् ।

घुम्न जाँदा कास्टिङ काउच, मर्लिन मुनरो

हलिउडमा सेक्सिएस्ट तथा सेन्सुअल गायिका, नायिकाका रूपमा स्थापित मर्लिन मुनरोले झनै धेरै कास्टिङ काउचको अनुभव गरेको आफ्नो बायोग्राफीमा समेटेकी छन् । तर उनले अरू सेलिब्रेटीले जस्तो खुलाउन चाहेकी थिइनन् । उनले आफ्नो फाइदाका लागि प्रोड्युसरहरूसँगको यौन कार्यलाई स्वीकार गरेकी थिइन् ।

एउटा निर्देशकले उनीसँग घुम्न जाने क्रममा मर्लिनमा कुनै विशेष कुरा नभेटेको बताएको र उनी एउटी मूर्ख केटी भएको कुरा बायोग्राफीमा उल्लेख गरिएको छ । उनलाई हलिउडमा विभिन्न आरोप लगाइएको थियो । केहीले त उनलाई 'वेश्या'भन्दा कम नभएको आरोप लगाएका थिए ।

भागेको थिएँ, टिस्का चोपडा

टिस्का चोपडा बलिउडकी चर्चित नायिका हुन् । ४२ वर्षीया टिस्काले बलिउडका थुप्रै फिल्ममा काम गरिसकेकी छन् । 'मामी फिल्म फेस्टिबल'मा उनले जुरीको रूपमा पनि काम गरेकी छन् । ४२ वर्षीया नायिका चोपडाले कास्टिङ काउचको विषयमा बोल्दै नायिकाहरूको व्यापारिक रूपमा डिमान्ड र सप्लाई हुँदै आएको बताएकी छन् ।

नायिकाको सप्लाई, डिमान्डभन्दा धेरै ठूलो कुरो भएको उनले बताएकी छन् । डाइरेक्टर, प्रोड्युसरले नै अवसर दिएबापत आफूहरूले के पाउने भन्ने प्रश्न गर्छन् । उनले पनि यस्तै अवस्था आइपरेपछि भाग्न सफल भएको बताएकी छन् ।

सेक्स अफर गरेका थिए, कंगना रनौत

बलिउडको अर्की नायिका कंगना रनौतको भनाइमा कसैसँग रात बिताएर कुनै फिल्ममा रोल पाउँछु भन्ने सोच्नु मूर्ख काम हो । 'इमानदारीसाथ भन्दा मैले कहिल्यै यस्तो अवस्था स्वीकार गरिनँ, म त्यति मूर्ख पनि हुन चाहन्नँ । १७ वर्षको उमेरमा मैले करिअर सुरु गर्दा पनि त्यस्तो गरिनँ', उनले स्पष्ट पारेकी छन्, 'किनकि मान्छेले कमन सेन्स प्रयोग गर्नुपर्छ ।

कसैले उसलाई खुसी पारेर रोल दिन्छ भन्नेमा विश्वास गर्नु नै मूर्खता हो ।' उनको भनाइमा कास्टिङ काउचले त्यस्तो हुन्थ्यो भने रेडलाइट एरियाका सबै महिला सुपरस्टार हुन्थे । उनले भनेकी छन्, 'हुन त मलाई सेक्सको अफर आएको हो, मैले सीधै अस्वीकार गरेँ ।'

दिमाग लगाउनुपर्छ, कल्की कोचलिन

फ्रेन्च नागरिक भएर पनि बलिउडमा स्थापित बनेकी छन् कल्की कोचलिन । ३२ वर्षीया कल्कीले बलिउडमा फिल्मफेयर, नेसनल फिल्म अवार्ड हात पारिसकेकी छन् । तर उनले पनि अरूले जस्तै अनुभव गरेको बताएकी छन् । 'जब मैले त्यो समयमा असहज महसुस गरेँ, त्यहाँबाट फुत्किने जुक्ति लगाएँ । फुत्किन सफल भएँ', उनले भनिन् । उनलाई ब्युटी विथ ब्रेन पनि भनिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.