मेहनत कम रोमान्स बढी

मेहनत कम रोमान्स बढी

सुरेश पोखरेलले कम्प्युटर एप्लिकेसनमा बीसीए गरेका छन् । प्यूठानको पकला गाविसमा जन्मिएका उनी 'राम्रो कमाउन' कतार हानिए । त्यहाँ बस्दा राम्रै थियो । विस्तारै पोख्रेलको संगत नेपालबाट जाने कलाकारहरूसँग हुन थाल्यो । 'कतारमा नेपालका अधिकांश कलाकार कार्यक्रम प्रस्तुत गर्न जान्छन्', पोखरेलले भने, 'म कलाकारितामै मोहित भएँ ।'

कमाउने सपना बोकेर मुलुक छोडेका सुरेशलाई कलाकारिताको मोहले नेपाल तान्यो । दुर्गम प्यूठानमा आमा चन्द्रकला र बुवा देवप्रसाद पोखरेलले कम्प्युटर इन्जिनियर बन भन्दा उनले मानेनन् । विदेश हानिए । 'भित्रैदेखि इच्छा जागेमात्रै जे पनि हुँदो रहेछ', सुरेशले अनुभव सुनाए, 'म कमाउन गएको केटो कलाकार बन्न आइपुगेँ ।'

नेपाल फर्कनुअघि नै उनले कतारमै एउटा म्युजिक भिडियो गरे । त्यो गायक हेमन्त शिशिरको गीतमा थियो । त्यसपछि उनले प्रमोद खरेलको 'बाचा कसम फेरिदियौ' गीतमा गरेको म्युजिक भिडियोले उनलाई यस क्षेत्रमा चिनाइदियो । झट्ट हेर्दा नायक जीवन लुइँटेलजस्ता देखिने सुरेशले आफूलाई सुरेशकै रूपमा चिनाउने सपना बोकेको बताए ।

नेपाल फर्किएपछि उनले स्वरूपराज आचार्यको स्वरमा रहेको गीत 'छुट्यौ भने रुनुपर्ला'मा नीता ढुंगानासँग अभिनय गरे । यसले उनलाई निकै चर्चा दिलायो । 'मैले फर्किएर ठीकै गरेँजस्तो लाग्यो', सुरेशले भने । त्यसपछि प्रमोद खरेलको 'मेरो माया', कृष्ण विश्वकर्मा र कल्पना बीसीको तीज गीत 'रातो साडी'लगायत दर्जन गीतको म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

कलाकारिता गर्छु भनेर कतारबाट नेपाल फिरेका उनलाई यस क्षेत्रमा पाउन थालेको चर्चा र स्थानले जति हौस्याएको छ, यसको भित्री कथाले भने पिरोल्न थालेको छ । 'कलाकारितामा नाममात्रै रहेछ, दाम त उल्टै खर्चनु पो पर्ने !', उनले भने, 'यसरी त कसरी जिन्दगी चल्छ र ? ' उनले नेपाली कलाकारितामा मेहनत कम रोमान्स बढी देखेका छन् । 'यसले कलाकारिता क्षेत्र माथि उठ्न सक्दैन', सुरेशले भने, 'पुरुष कलाकारले आफैं पैसा हालेर कालकार बन्नुपर्ने बाध्यता छ ।'

नेपाली कलाकारिताले ९० प्रतिशत आफूलाई सुधार्न बाँकी रहेको सुझाव दिने सुरेश भन्छन्, 'कि पैसा खर्चनुपर्ने या त सम्झौता गर्नुपर्ने सोचले क्वालिटीको कलाकारिता कहाँबाट हुन्छ ? ' दीपेश पाण्डेको 'भावना' चलचित्रमा अभिनयका लागि अनुबन्धित भएका सुरेश भन्छन्, 'जीवन सपना र यथार्थबीचको सत्य हो, हेरौं कहाँ पुग्न सकिन्छ ।' यही क्षेत्रमा लाग्ने सपना बोकेर कतारबाट आएकाले केही गरेर देखाउने आँट आफूमा भएको उनले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.