सदभावकाे सेतु राधाकृष्ण रथयात्रा 

सदभावकाे सेतु राधाकृष्ण रथयात्रा 

विराटनगरः मोरङ झोराहाट-७ की बबिता सरदार शुक्रबार पहिलोपटक विराटनगरको राधाकृष्ण रथयात्रामा सहभागी भइन् । गाउँबाट थारू समुदायको सांस्कृतिक झाँकीसहित उनी सदरमुकाम आएकी थिइन् । आफ्नो समुदायको पहिचान झल्काउने पोसाकमा सजिएका सयौं थारू युवती तथा महिलाले रथयात्रामा प्रतिनिधित्व गरे ।

सरदारले भनिन्, ‘सबै जात, भाषा, धर्म र संस्कृतिको पहिचानको झलक दिने रथयात्रा विशेष अवसर नै हो । त्यसैले सहभागी भएका हौं ।’
पछिल्लो समय समाजमा सामुदायिक सद्भाव र विश्वासको खडेरी परेको बेला कृष्णजन्माष्टमीको अवसर पारेर निकालिने राधाकृष्ण रथयात्रा गुडाउने डोरी तान्न सबै जात, धर्म र समुदायको सागर नै उर्लियो ।

विराटनगर-१ बाट रथ तान्न आएका ओमनाथ पौडेलले भने, ‘जातीय सोचभन्दा माथि उठेर सबैजना एउटै थलोमा जम्मा हुने अवसर पनि हो रथयात्रा, म पनि साथीहरूसँगै रथ तान्न आएको हुँ ।’ उनले सबै जातिको पहिचान झल्काउने झाँकी, धार्मिक संघसंगठनको ¥याली र सबै क्षेत्रको सहभागिता नै विराटनगरको रथको विशेषता भएको बताए ।

मोरङको कटहरी-१ बाट आफ्ना टोलका साथीभाइसँगै विराटनगर आएका राजकुमार राजवंशी राधाकृष्ण रथयात्रा सबै जातिलाई जोड्ने एउटा ठूलो उत्सव भएको बताए । उनले भने, ‘भगवान् राधाकृष्ण विराजमान रथ गुडाउन प्रयोग हुने डोरीमा सबैको हात पर्छन्, सबैले उत्तिकै महŒव तथा आदर्शका साथ रथ तान्छन् त्यसैले पनि यो अवसर आपसी मन माझामाझ गर्ने थलो हो ।’

रथ आयोजक मूल समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले एक सयभन्दा धेरै जातीय, सांस्कृति तथा धार्मिक झाँकीका साथ रथयात्रा भव्य रूपमा सम्पन्न भएको बताए । उनले भने, ‘विराटनगरको रथयात्रा सबै समुदायलाई जोड्ने एउटा प्रमुख आधार हो ।’ विगत ४९ वर्षदेखि विराटनगरमा जारी रथयात्राको विशेष महŒव तथा ऐतिहासिकता रहेकोले पनि यसप्रति सबै वर्ग, समुदाय र जातिको रुचि रहेको ओझाले दाबी गरे ।

रथयात्रा विराटनगरको तीनपैनीबाट सुरु भई मेनरोड, महेन्द्रचोक, कोसी राजमार्ग हुँदै पुनः मन्दिर परिसरमा आई आठ किलोमिटर दूरी पूरा गरी आई समापन हुने गर्छ । रथलाई डोरीले तान्न यो वर्ष पनि दुई लाख मानिस सहभागी भएको आयोजकको दाबी छ ।

हेलिकोप्टरबाट पुष्पवर्षा

रथयात्रामा यो वर्ष आकाशाट पुष्पवृष्टि गरिएको छ । नेपाली सेनाको हेलिकोप्टर आकाशमा दुई फन्का मारेर फूल तथा अबिर वर्षा गराएको थियो । पुष्प वर्षा हेर्नकै लागि छिमेकी गाविस तथा भारतबाट समेत धेरै संख्यामा भत्तजन आएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.