मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

जनकपुरधामः धनुषा जिल्लाको जनकपुर ढल्केवर सडक खण्डमा सवारी दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ ।  शनिबार दिउँसो सडक खण्डको हजरा चोकमा विपरित दिशाबाट आइरहेको दुईवटा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परि एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा सर्लाही गौरीशंकर गाविस १ का ३२ बर्षीय मुकेश चौधरी र अर्का एकजनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

मृतक मुकेश चौधरीकी भाउजू सुष्मा चौधरी गम्भीर घाइते भएकी छन् । घाइते चौधरीलाई थप उपचारका लागि जनकपुर अञ्चल अस्पतालले धरान रिफर गरेको छ ।

ज ७ प ५७१७ नम्बरको जनकपुर आउँदै गरेको र विपरित दिशाबाट जाँदै गरेको ना ३६ प ९३१९ का मोटरसाइकल ढल्केबरबाट ३ किलोमिटर दक्षिण तर्फ रहेको हजरा चोकमा ठक्कर खाएको थियो ।

मोटरसाइकल तीब्र गतिमा चलाउदा दुर्घटना भएको प्रहरीको अनुमान छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.