विवाहको सुइँको पाएपछि प्रहरीमा आइन् सुनिता

विवाहको सुइँको पाएपछि प्रहरीमा आइन् सुनिता

लिबाङ (रोल्पा) : विवाहका लागि आफ्नो मञ्जुरी नभएपछि एक किशोरी प्रहरीमा उजुरी गर्न आएकी छिन् ।

गैरीगाउँ–८, गाङ, रोल्पाकी १७ वर्षीया सुनिता परियारको परिवारले जबर्जस्ती विवाहको टुङ्गो लगाएको सुइँको पाएपछि न्याय खोज्दै परियार शनिबार साँझ जिल्ला प्रहरी कार्यालय रोल्पामा आएकी हुन् । आर्थिक अभावका कारण कक्षा ५ उत्तीर्ण गरेर विद्यालय छोड्न बाध्य भएकी परियारले रुँदै भनिन्, “गाउँकै १९ वर्षीय रमेश परियारसँग मेरो विवाहका बारेमा कुरा टुङ्गिएको रहेछ । मलाई यस विषयमा केही पनि थाहा थिएन । घरमा बिहेका लागि भैँसी किनेर ल्याइएको छ । रोटी पकाउने काम चलेको छ साथै घर लिपपोत गर्न थालेपछि भाइबहिनीले मेरो विवाहका लागि तयारी हुँदैछ भन्ने जानकारी दिए ।”

“त्यसपछि मैले अहिले म सानै छु, बिहे गर्दिन भनेर धेरै रोएँ, कराएँ तर कसैले मेरो कुरा सुनेनन् । आगामी भदौ १६ गते विवाहको दिन तय भइसकेको छ रोक्न मिल्दैन भन्ने आमाको जवाफ पाएपछि नारायणगढमा भएकी दिदीलाई फोन गरँ । दिदीले यतै आइज भनेर बोलाएको हुँदा भागेर दिदीकहाँ जान लागेकी थिएँ । आफन्तले प्रहरीमा पुगे न्याय पाइन्छ भनेर सल्लाह दिएपछि प्रहरीमा आएँ । मलाई पटक्कै ऊसँग बिहे गर्न मन छैन । तपाईंहरुले बुबाआमालाई सम्झाइदिनुस्,” उनले आँसु पुछ्दै भनिन् ।

यसरी न्याय खोज्दै प्रहरी कार्यालय रोल्पामा आएकी परियारलाई शनिबार राति महिला प्रहरीको संरक्षणमा राखियो । प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तिमगरका अनुसार परियार गाउँबाट भागेर हिँडेपछि गाउँलेले थाहापाई खोजीका लागि प्रहरीमा खबर गरेका थिए । उनले भने, “हामीले यस विषयमा आइतबार अभिभावकलाई जिप्रका, रोल्पामा बोलाएका छौँ ।” उहाँहरु आएपछि वास्तविक कुरा बुझेर अगाडि बढ्नेछौँ ।” अहिले परियार प्रहरीकै संरक्षणमा भएको पनि उनले भने।

जिल्लामा बालविवाह न्यूनीकरणका लागि अभियान थालिएको छ । उनी त प्रतिनिधि पात्र मात्र हुन् यस किसिमका घटना जिल्लामा धेरै हुने गरेका छन् ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.