मन्त्रीसँग भक्कानिएर मृतकका परिवार

मन्त्रीसँग भक्कानिएर मृतकका परिवार

बनेपाः गत साउन ३१ गते काभ्रेको बिर्तादेउराली गाविसमा भएको बस दुर्घटनामा २७ जनाको ज्यान २७ जनाको मृत्यु भयो । बस दुर्घटनामा परिवार गुमाएका पीडि मन्त्री सामु भकानिएर रोए । १३ औँ दिनको पुण्य तिथिमा परिवारप्रति समवेदना प्रकट गर्न मृतका घरमै पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकलाई आफ्नो पीडा सुनाउदै पीडित रोहिरहे ।

आफ्नो पीडा र गुनासो पोख्न टनटलापुर घाममा घण्टौसम्म मन्त्री कुरिरहेका दुई दजर्न मृतक परिवारले गहभरी आँसु बगाउदै एक स्वरमा भने,  ‘मन्त्रीज्यू हाम्रो जस्तो दुःख र पीडा अब अरुलाई नपरोस्, यातायात र बाटोको कारण कसैको अकालमा ज्यान जानु नपरोस् ।’ मृतक पवरिवारले भक्कानिदै मन्त्री, सासंद र स्थानीय दलका नेतालाई भने, ‘खराव बाटो र यातायात व्यवसायीको दादागीरीले हाम्रो खुसी लुटियो । बाटोले हामीलाई अनाथ  र टुहुरा र अभिभावक विहिन बनायो ।’

कार्तिकेदेउराली ७ कि बविता बर्देवाले  भनिन्, ‘मन्त्रीज्यू दुर्घटनमा मैले मेरा बाबुमात्र मात्र होइन परिवारको भविष्य समेत गुमाएकी छु । म र मेरो साना ३ जना भाइबहिनी पढ्दै छौँ । दुई जना आमा हुनुहुन्छ कसरी बाच्ने हामी ? अब हाम्रो भविष्य के होला ?’ उनले भनिन् ।
मन्त्री लेखकले मृतकप्रति संवेदना प्रकट गर्दै  भने, ‘तपाईहरु अब चिन्ता नगर्नुहोस्  बाटो बनाउन म पहल गर्छु । यातायात व्यवस्थापन रुट परमीटका लागि स्थानीय राजनीतिक दल र सिडियोलाई अधिकार दिएको छु ।’

कोशीपारीका बिर्तादेउराली, कात्तीकेदउराली मादनकुडारी, गोठपानी गासिका दुई दर्जन मृतकका परिवार र आफन्तले मन्त्रीलाई सिन्डिकेट खारेज, सडकको मर्मत सुधार स्तर उन्नती र थोत्रा बस बन्द गर्न माग गरेका छन् ।

उनीहरुले आवश्यककता अनुसार बस थप्दै यातायात व्यवसायीको एकलौटी दादागीरी तत्काल अन्त्य गर्न समेत माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.