खेमराज गुरुङको शव एक घण्टा खाँदबारीमा

खेमराज गुरुङको शव एक घण्टा खाँदबारीमा

विराटनगरः संखुवासभा र भोजपुरका स्थानीयले आइतबार अन्तिम श्रद्धाञ्जलि दिएर लोकप्रिय लोकगायक खेमराज गुरुङको बिदाई गरेका छन् ।

बिहीबार निधन भएका गुरुङलाई जन्मभूमीमै श्रद्धाञ्जलि दिन पाउनु पर्ने माग सबैले राखेपछि एड्भान्स क्लब मानेभन्ज्याङ र खाँदबारी युथ क्लबको पहलमा उनको शवलाई आइतबार बिहान खाँदबारी पुर्याइएको थियो ।  राजधानीबाट खाँदबारी पुर्याउदा लागेको दुई लाख ५० हजार खर्च स्थानीयले संकलन गरेर गरेका छन् ।

लोकगायक गुरुङका दौतरी मेदिनी घिमिरेले भने, ‘गुरुङको शव बोकेको मनाङ एयरको हेलिकोप्टर जिल्ला प्रहरी कार्यालयको हेलिप्याडमा अवतरण हुँदा सन्नाटा छायो । बृद्धबृद्धा, युवादेखि बालबालिकासम्म भावविह्वल बने । संखुवासभा नै स्तब्ध बन्यो । हामी सबैको इच्छा अन्तिम पटक उनलाई एक पटक हेर्ने नै हो ।’
    
प्रहरी कार्यालयबाट शव यात्रा सुरु गरेर खाँदबारीको टुँडिखेल पुगेपछि त्यही राखेर गुरुङको शवमा सबैले श्रद्धाञ्जलि व्यक्त गरे । मानव सागर उर्लिएको शव यात्रामा संखुवासभा र भोजपुरका हजारौँको सहभागिता थियो ।

शव यात्राबाट श्रद्धाञ्जलि सुरु भएदेखि हेलिकोप्टरले शव लिएर जाँदासम्म सबैका आँखा आँसुले भरिए । गुरुङको शव एक घन्टा मात्र खाँदबारिमा राखिएको थियो ।

एक्लो छोरा खेमराज
खेमराज अमृतबहादुर गुरुङ र तुलसीमाया गुरुङका एउटा मात्र छोरा हुन् । उनका एक दिदी र दुई बहिनी छन् । समकालिन घिमिरेका अनुसार ‘वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना’ बोलको चर्चित गीतबाट प्रसिद्धि कमाएका उनी सानैदेखि गीत संगीतमा रुची राख्थे ।

गुरुङमा बाल्यकालदेखि नै गाउने, नाच्ने र बाजा बजाउने शोख थियो । उनी पहिलादेखि नै एमालेको चुनाव प्रचारमा बढी खटिने गर्थे । ‘मेरो जीवन नै कलाकारिता हो भनेर अघि बढेका थिए,’ घिमिरेले भने, ‘जेल जीवनकै क्रममा कराकारितामा फड्को मारेर अघि बढ्दा गुरुङ चर्चाको शिखरमा पुगेका हुन्।’ गुरुङको अन्तिम संस्कार आइतबार पशुपति आर्यघाटमा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.