सोमबहादुर थापा संसद्को सचिवमा बढुवा
काठमाडौं : व्यवस्थापिका संसदको सचिवमा सहसचिव सोमबहादुर थापा बढुवा भएका छन । सभामुख ओनसरी घर्तिमगरको अध्यक्षतामा आईतवार बसेको व्यवस्थापन समितिले थापालाई सचिवमा बढुवा गरेको हो ।
लामो समय लेखा समितिको सचिवको रुपमा क्रियाशील रहेका थापाले सुशासन स्थापना तथा अख्तियार दुरुपयोगको छानबिनमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए।
संसदले आफ्नो संगठन र व्यवस्थापन (ओएण्डएम) पारित गरी चार सचिवको व्यवस्था गरेको छ । यसअघि संसदको सचिवमा सहसचिव हिमलाल सुवेदी पनि बढुवा भएका थिए । यस्तै संसदमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको सचिव रहने व्यवस्था पनि पछिल्लो पुनरसंरचनामा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !
३