तीजमा फरक फेसन

तीजमा फरक फेसन

तीज, रातो रङको पर्व । महिलाका लागि खुसीको पर्व । दिदीबहिनी भेट भएर रमाइलो गर्ने बेलामा आफूलाई सबैभन्दा राम्री देखाउन कसलाई रहर लाग्दैन र ? यसपालिको तीजमा पनि आफूलाई कसरी फरक देखाउने भनेर सोचिरहनुभएको छ भने एकपटक फेसन ट्रेन्डको बारेमा जानकारी लिनैपर्छ ।

समयअनुसारको पहिरन गर्ने शैली बढेको छ । महिलाहरू सामान्यभन्दा आफूलाई फरक देखाउने डिजाइनर पहिरन लगाउन मन पराउँछन् । बलिउडका फेसन डिजाइनर विशाल कपुरले यसपटक हिप छोप्ने लेन्थका टपसँग लेहंगा डिजाइन गरेका छन् । दरबारमार्गस्थित पनाच रनवेमा लेहंगा खोज्न किशोरी र युवतीहरू बढी आउँछन् ।

पनाच रनवे सञ्चालन गरिरहेकी श्वेता सिरोहिया रोकाका अनुसार यसपालि 'कलरफुल बोर्डर विथ हेभी वर्क' टप लेहंगा चल्तीमा छ ।' उनका अनुसार पेट देखिने गरी लगाइने छोटो ब्लाउज र लेहंगा, सलको फेसन पुरानो भइसक्यो । युवतीको रोजाइमा लेहंगा परे पनि अधबैंसे महिलाको रोजाइमा सारी नै पर्ने गरेको छ । रेडिमेड सारी पनि फेसनमा छ ।

सिमर गोल्ड, लाइक्रा फेब्रिकका सारी लगाउन सजिलो हुन्छ । थोरै तन्किने खालको कपडा भएकाले मोटो मान्छेलाई स्लिम देखाउनुका साथै शरीरमा सपक्क मिल्ने उनको तर्क छ । दुईतीन महिनाअघिको फेसन यति बेला आउट भइसक्यो । अहिले मसिनो 'मिरर वर्क', ह्यान्डवर्क सारी, हेभी ब्लाउज चलनमा छन् ।

'फ्रेन्च लेस सारी विथ बोर्डर' लगाउन सजिलो हुनुका साथै डिसेन्ट देखिने भएकाले धेरैले खोज्छन् । श्वेता भन्छिन्, 'योचाहिँ एभरग्रिन हो, चाडपर्वमा मात्र नभई अरू बेला पनि लगाउन मिल्छ ।' 'र सिल्क विथ हेभी प्योर सिल्क बोर्डर' सारी नयाँ खोज्नेहरूको रोजाइ बन्नसक्छ । कलरफुल हुने भएकाले यसले फेस्टिभ मुड दिन्छ ।

अनारकली कुर्ता हराउँदै गएको छ भने त्यसको ठाउँ अनारकली ड्रेसेजले लिएको छ । लेनिन, कटन र सिल्क, साटन, प्योर सिल्कका अनारकली ड्रेसेज बजारमा भेटिन्छन् । लामो स्ट्रेट कुर्तालाई प्यान्टसँग लगाउन सकिन्छ । रातो रङ सदाबहार नै हो । यसपालि गाढाभन्दा हलुका रङ चलनमा छन् ।

तीज र दसैँका लागि ३५ प्रतिशत विशेष छुट दिइरहेको पनाच रनवेमा आठ हजार रुपैयाँदेखिका अनारकली ड्रेसेज, १५ हजार रुपैयाँदेखिका सारी र २० हजार रुपैयाँदेखिका लेहंगा छन् । वर्ष दिनको तीजमा सबैले झपक्क गहना लगाउन रुचाउँछन् । मसिना गहनाभन्दा हेभी गहना नै यसपालि बढी चलेको देखिन्छ । पहिरनसँग म्याच गरेर नक्कली गहना लगाउने चलन छ ।

डिजाइनर विश्व गौतमको थिममा रातो रङ नै परेको छ । भन्छन्, 'तीजमा रातोबिना अरू रङको कल्पना बेकार हुन्छ ।' गौतमले यसपालि सादा ड्रेस बढी बनाएका छन् । सारी, कुर्ता नरुचाउनेका लागि वेस्टर्न गाउन बेस्ट अप्सन हुन्छ । गौतमका अनुसार किशोरी र युवतीमात्र नभई विवाहित महिलाले पनि गाउन खोजिरहेका छन् ।

लामो, घुँडासम्म पुग्नेदेखि छोटा खालका ड्रेसेज उमेर समूहअनुसार रोजाइमा परेका छन् । घुँडासम्मको लुज फिटिङ ड्रेस लेग्गिङ्समा लगाउन पनि सकिन्छ । रातोबाहेक पहेँलो र गोल्डेन रङ उनको डिजाइनमा परेका छन् । तीज भएकाले यस्ता पहिरनमा पनि हेभी गहना नै लगाउन सकिन्छ । विश्वका अनुसार नेकलाइनमा हेभी वर्क भएको पहिरन भए कानमा मात्र हेभी इयर रिङ लगाउँदा राम्रो देखिन्छ । गला अलि खुला भएको ड्रेसमा घाँटीमा हेभी गहना लगाएर कान खाली राख्न पनि सकिन्छ ।

कुपण्डोलमा जर्दोजी बुटिक चलाइरहेकी नवीना महर्जनले पनि यसपालि सलबिनाको लामो टप र लेहंगा नै बढी बेचिरहेकी छन् । उनको डिजाइनमा रातो र हरियो रङ बढी प्रयोग भएको छ । पहिले केही डिजाइनर लेहंगामात्र बजारमा भेटिन्थे तर अहिले बजारभरि छ्यापछ्याप्ती पाइन थालेपछि धेरैको लेहंगा लगाउने चाहना पूरा भइरहेको छ । बजारमा पाँच हजार रुपैयाँदेखिका लेहंगा पाइन्छन् ।

नेपालीपन झल्किने पहिरन लगाउन चाहनेले ढाकाको कपडा प्रयोग गरेर लेहंगा या सारी बनाउन सक्छन् । आफूले चाहेजस्तो बोर्डर किनेर प्लेन सारीमा आफैं डिजाइन गर्न पनि सकिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.