तीजमा कसरी गर्ने वाटरप्रुफ मेकअप

तीजमा कसरी गर्ने वाटरप्रुफ मेकअप

तीज गर्मी महिनाको चाड भएकाले यस बेला वाटरप्रुफ मेकअप गर्नुपर्छ । बिहानदेखि बेलुकीसम्म मेकअपमै बस्नुपर्छ । नाचगान धेरै गरिन्छ । यो मौसममा अधिक पसिना आउँछ । हुन त जति नै वाटरप्रुफ मेकअप गरे पनि पसिना पूरै रोकिँदैन तर पनि केही हदसम्म पसिनाबाट जोगिन सकिन्छ । यसका लागि सनब्लक क्रिमदेखि प्रयोग गरिने अरू शृंगारका सामग्री वाटरप्रुफ नै हुनुपर्छ ।

अनुहार सफा गरेपछि पहिला सनब्लक क्रिम लगाउनुपर्छ । अनुहारमा दागहरू छन् भने कन्सिलर लगाएर छोप्नुपर्छ । आँखाको मेकअप पहिला गर्दा राम्रो हुन्छ । यसो गर्दा गालातिर गाजल वा स्याडोहरू खस्यो भने मेट्न सजिलो हुन्छ ।

आँखाको मेकअप गर्दा तीज भएकाले रातो, गोल्डेन र हरियो आइस्याडो बढी प्रयोग गरिन्छ । आफ्नो पहिरनअनुसार छनोट गर्दा राम्रो हुन्छ । सानो आँखालाई ठूलो देखाउने भएकाले स्मोकी आई रोजाइमा बढी परेको हो । यसका लागि कालो आइस्याडो वा गाजल प्रयोग गर्न सकिन्छ । आइब्रो छेउमा हाइलाइट गर्नुपर्छ । अचेल मसिनो गाजल लगाउने चलन छ । कसैलाई आँखाको बीच भागबाट गाजल लगाएको मन पर्छ ।

अहिले बिबी क्रिम चलेको छ । आफ्नो स्किन टोन अनुसारको फाउन्डेसन वा बिबी क्रिम लगाउनुपर्छ । आजकल धेरै साइनिङ मेकअप चल्तीमा छ । ब्रन्जर वा हाइलाइटर पाउडर लगाउनुपर्छ । अहिले सामान्य मेकअपमा पनि हाइलाइटर पाउडर लगाइन्छ । पहिले गुलाबी वा रातो रोज लगाउने चलन थियो तर अहिले ह्वाइट, सिल्भर र गोल्डेन बढी चलाइन्छ । जहाँ हाइलाइट गर्ने हो त्यहाँ हाइलाइटर पाउडर टच गर्नुपर्छ । खासगरी अनुहारको उठेको भागमा यो प्रयोग गरिन्छ ।

कसैको नाक सानो छ भने चुच्चो देखाउन माथितिर हाइलाइट गरी साइडमा डार्क बनाउनुपर्छ । धेरै पसिना आउने अनुहार भए लुज पाउडर प्रयोग गर्नुपर्छ । त्यसपछि लिपस्टिक लगाउनुपर्छ । लिपस्टिक धेरै ग्लसी हुनु हुँदैन । मेकअप गर्दा अनुहारको भागलाई मात्र चिटिक्क पारेर कान, घाँटी वा खुला ब्लाउज लगाउँदा पछाडिको भागमा ओरिजिनल स्किन देखिन्छ । कान, घाँटी र ढाडमा पनि फाउन्डेसन लगाउनुपर्छ ।

चाडपर्वका बेलामा गोल्ड फेसियल नै गरिन्छ । तीजको एक वा दुई दिनअगाडि फेसियल गर्नुपर्छ । पूजा गर्दा पानीको प्रयोग गरिन्छ । नेल पोलिस मेटिनसक्छ । नेल आर्ट गर्दा लामो समय टिक्छ र त्यो अरूभन्दा फरक पनि देखिन्छ ।

कपाल कोर्दा पनि उत्तिकै ध्यान पुर्‌याउनुपर्छ । हेभी जुरोको साटो सामान्य जुरो बनाएर साइडमा फूलले सजाउँदा राम्रो देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.