तीजका लागि उपयोगी हुनसक्छ फर्सी र सोयाको रेसिपी
तीजका परिकार के के बनाउने भन्ने पीरमा हुनुहुन्छ । यदी त्यसो हो भने चिन्ता नलिनुहोस् । अति सामान्य रुपमा तपार्इंले तीजको दरमा परिकार बनाउन सक्नुहुन्छ । तपार्इंलार्इ हामी फर्सी र सोयाबाट कसरी परिकार बनाउने भन्ने बारेको रेसिपीका बारेमा जानकारी दिनेछौ ।
फर्सीको रेसिपी
ठिक्कको पाकेको फर्सीलाई भेट्नुको छेउबाट काटेर गोलो भाँडाजस्तो बनाउने ।
चक्कुले फर्सीको भित्रको बियाँ र गुदीलाई विस्तारै खुर्केर निकाल्ने ।
त्यसमा दूध, काजु, बादम, किसमिस, थोरै चिनी हालेर पुनः बिर्कोजस्तो भेट्नुको भागले छोप्ने ।
त्यसलाई आधा कप जति पानी हालेर कुकरमा हाल्ने ।
धेरै हैन, दुई सिट्ठी जति लगाउने । पाकेपछि खुवाजस्तो हुन्छ ।
तत्कालै खाने भए फर्सीलाई जस्ताको तस्तै, सजाएर राख्न सकिन्छ । दुईतीन दिनसम्म फ्रिजमा राखेर पनि खान सकिन्छ ।
साँधेको न्युट्रिला
पानीमा थोरै नुन हालेर उमाल्ने
उम्लेको पानीमा न्युट्रिला हाल्ने र केही बेर छोप्ने । नरम भएपछि निकाल्ने ।
पानीमा मजाले धुने ता कि यसको गन्ध पखालियोस् ।
पखालेपछि सानो टुक्रा काटेर तेलमा डिप फ्राई गर्ने ।
फ्राई गरेको न्युट्रिलामा अदुवा, लसुन, टिमुर, सुकेको खुर्सानी, काँचो तेल लगाएर मोल्ने ।
स्वादअनुसार कागती पनि लगाउन सकिन्छ । यो मासु नखानेका लागि मासुजस्तै स्वादिलो हुन्छ । बनाउन पनि सजिलो र स्वास्थ्यवद्र्धक छ । तीजमा धेरै नै दौडधुप हुने भएकाले दुईतीन दिन पहिला बनाएर राखे पनि केही फरक पर्दैन ।