उद्योग वाणिज्य संघमा बैश्य निर्वाचित

उद्योग वाणिज्य संघमा बैश्य निर्वाचित

नेपालगन्जः नेपालगञ्ज उद्योग बाणिज्य संघको अध्यक्षमा नन्दलाल बैश्य निर्वाचित भएका छन् ।

उनले कुल खसेको २ हजार ६ सय १० मध्ये १ हजार ४ सय ८० मत प्राप्त गरि निर्वाचित भएका हुन् । संघ निर्वाचन शनिबार भएको थियो भने आईतवार राती मतगणना सम्पन्न भएको हो ।

बैश्यका प्रतिद्वन्द्वी गोपाल प्रसाद अधिकारीले ५ सय ८२ र अर्का प्रत्याशी कपिल प्रसाद अधिकारीले ४ सय ५८ मत प्राप्त गरेको निर्वाचन अधिकृत भोला सिंह हमालले जानकारी दिए । दुबै उपाध्यक्षसहित बहुमत सदस्यमा पनि बैश्य समूहका उम्मेदवारले निर्वाचित भएका छन् ।

वाणिज्ज्यतर्फको उपाध्यक्षमा दुर्गाप्रसाद भण्डारी र उद्योग तर्फको उपाध्यक्षमा अब्दुल वाहिद मन्सुरी (चुन्ना) निर्वाचित भएका छन् ।

भण्डारीले ९ सय ९४ र मन्सुरीले १ हजार २ सय ४५ मत प्राप्त गरेका छन् । बाणिज्य तर्फका प्रत्यासी अमित बस्नेतले ८ सय ९१ र तनवीर जमाल हलवाईले ६ सय ३९ मत प्राप्त गरेका छन् । भने उद्योग तर्फका प्रत्यासी रचना श्रेष्ठले ६ सय ५० र प्रदिप गुप्ताले ५ सय ९७ मत प्राप्त गरेको निर्वाचन अधिकृत हमालले बताए ।

सदस्य पदमा ध्रुव दाहाल, आदेश अग्रवाल, तपेन्द्र विक्रम शाही, अजय कुमार टण्डन, रोहित टण्डन, हरिषचन्द्र श्रेष्ठ, श्यामसुन्दर अधिकारी, अभय बस्नेत, तारा कुमारी खत्री , अब्दुल वाहिद अन्सारी (बब्लु), टंक धामी र सुनिल सिंघल विजयी भएका छन् ।

बस्तुगततर्फको सदस्यमा रमेशबहादुर शाह र नारायण प्रसाद ज्ञवाली तथा एशोसियटतर्फ कन्हैयालाल बैद्य र सञ्जय जैन विजयी भएको निर्वाचन समितिले जनाएको छ । नवनिर्वाचित अध्यक्ष नन्दलाल बैश्यले सबै उद्योगी, ब्यवसायीलाई समेटेर लैजाने बताए ।

निर्वाचनमा एउटाको जीत र अर्काेको पराजय हुने भएकोले आफूले सामान्य रुपमा लिएको बताउँदै अध्यक्षका प्रत्यासीको भावनाको कदर गर्दै नेपालगन्ज उद्योग बाणिज्य संघमा काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.