छांगाबाट खसेर विद्यार्थीको मृत्यु
नुवाकोटः नुवाकोटको पश्चिमी भेगमा रहेको दुर्गम साल्मे गाविसमा खानेपानीको पाइपमा पानी लगाउन जाँदा चिप्लिएर छागाबाट खस्दा एकजना बालकको ज्यान गएको छ।
साल्मे-२, हुँदै बहिरहेको वतिस्योङ खोलामा खानेपानीको पाइपमा पानी लगाउन जाँदा सोही वडाका १४ वर्षीय छोरा कृष्ण तामाङको खसेर ज्यान गएको हो ।सदरमुकाम विदुरदेखि २० किलोमिटर पश्चिममा रहेको दुर्गम साल्मे गाविसका शमशेर तामाङको छोरा साल्मे माबिमा ९ कक्षामा अध्ययनरत कृष्णको साँझ ६ बजे खानेपानी नभएकोले बतिस्योङ खोलाको छहरामा पानीको पाइप जोड्दा चिप्लिएर मृत्यु भएको स्थानीय धनवहादुर तामाङले जानकारी दिए ।
धेरै पटक राज्यको सम्वन्धित निकायमा जानकारी गराउदा जिविस र गाविसले नसुनेकोले यस्तो दुर्घटना हुन गएको स्थानीय फायो घलेले बताए । कृष्णसगै पानी लगाउन गएका अशोक तामाङ, सिलामा तामाङ, र काले तामाङसगै गएका साथीहरूले आफ्नो साथी कृष्ण खोलामा चिप्लिएर छागाबाट खसेको बताएका छन् ।