गाडी कन्डिसन र चालकको लापरवाहीले दुर्घटना

गाडी कन्डिसन र चालकको लापरवाहीले दुर्घटना

अर्घाखाँचीः गाडी मा ५/६ जना जति मान्छे बढी नै थिए । बीच बिचमा गाडीले समस्या देखाइरहेको थियो । हिड्दाहिड्दै रोकिन्थ्यो । दुर्घटना हुने स्थानमा बाटो अलिअलि उकालो छ ,गाडी अगाडी बढ्न गाह्रो जस्तो भयो । चालकले गाडी सन्तुलन राख्न हयाण्डल घुमाइरहेका थिए । ह्यान्डल घुमेन जब गाडी पछाडी धकेलियो त्यसपछि चालकले जोडसँग हयाण्डल घुमाए ।

‘सायद यहि संकेत थियो होला गाडि अब दुर्घटना हुदैछ भन्ने । त्यसपछि चालकले झ्याप्पै ढोका खोले र बाहिर हाम फाले । मलाइ नि लाग्यो अब गाडि दुर्घटना हुदैँछ भन्ने अनि हिम्मत गरेर चालक ढोकाबाटै हाम फाले’ १३ बर्षीय कबिता पौडेलले अस्पतालको बेडबाट भनिन । त्यतिखेर हामी सडकमा ३ जना थियौ एकछिनमा म बाटो मुनि हेरे गाडी थिएन ।

कति छिट्टै तल पुगेछ केहि छिनमा बहिनी मुना र अरु २/३ जना तलबाट माथी बाटोमा आए । तर ममी बहिनीसंग आउनुभएन मैले सोचे पछाडी आउदै हुनुहुन्छ होला । तर मम्मी आउनु भएन । उनी हुन मृतक ३६ बर्षीय कमला पौडेलकी जेठी छोरी । आमालाई गुमाएर दुई बहिनी बाचेका छन् ।

उनीहरुलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचार पछि घरमा पठाइएको छ । जेठी कबितालाई आमा हुनु हुन्न भन्ने थाहा छ तर कान्छी ११ बषीय मुनालाई भने उपचारको लागि भैरहबा पठाइएको छ भनेका छौ उनका आफन्तले भने ।

उनको भनाईबाट पनि प्रस्ट हुन्छ हंसपुरमा भएको दुर्घटनामा चालकको लापरबाही र गाडीको कन्डिसन ठिक नहुनु । यहि कारणले अर्घाखाँचीको सन्धिखर्कदेखि प्युठानको बादीकोट जादै गरेको जीप हसंपुरमा आइतबार दिउसो दुर्घटना हुदा १२ जनाको मृत्यु भएको हो । भने ५ जना घाइते भएका छन् ।

देउराली यातायात ब्यबसायी समिति अर्घाखाँचीले सन्धिखर्कबाट जिल्लाका सबै गाविस, गुल्मी, प्यूठान, पाल्पा, कपिलबस्तु, बुटबल, दाङ र काठमाडौ‌ सार्बजनिक सवारीसाधन सञ्चालन गर्दै आएको छ । समितिका महिन्द्रा जीप १५ बर्ष पुराना भएको कारणले दुर्घटना भएको भन्दै मृतकका आफन्तले गाडीको कन्डिसन जाच गर्नु पर्ने र पुराना गाडी हटाउन पनि प्रहरी नायब उपरिक्षक नबरत्न पौडेलसँग माग गरेका छन् ।

उकालोमा हिड्दा हिड्दै गाडीले तानेन । गाडी ब्याक हुन खोज्यो चालकले स्टेरिङ घुमाए । स्टेरिङ घुम्न सकेन । चालकले ब्रेक दाबे ब्रेक लागेन अनि गाडी सडकमै झण्डै ५० मिटर गाडी पछाडी ब्याक भएको छ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने घटना स्थलको प्रकृति हेर्दा पुरानो गाडी कन्डिसनमा नहुनु र चालकको लापरबाहीका कारणले जीप दुर्घटना भएको बताएका छन् ।

उकालो बाटोमा जीपले नतान्नु, स्टेरिङ नघुम्नु र ब्रेक नलाग्ने एकै पटक हुँदा चालकको होस गुमेको हुन सक्ने प्रजिअ पौडेलले भने । चालकले थोरै बुद्धिमता पुर्बक काम गरेको भए यात्रुको ज्यान बचाउन सक्थे उनी आफै भागेका कारण र चालकको हतोत्साहीपनलेनै दुर्घटना भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक नबरत्न पौडेलले भने । गाडीको इन्जीनमा आएको गडबडी र चालकको होस गुम्नुनै दुर्घटनाको कारण हो । उनले भने ।

१४ जनाको सिट पास भएको गाडीमा १२ जनाको मृत्यु भएको छ । ३ जनाको बुटबलमा उपचार भैरहेको छ । २ जना जिल्ला अस्पतालमा उपचारपछि घर फर्किसकेका छन् । ३ जना छतका मानिस हाम फालेर बचेका थिए । सबै गरेर गाडीमा २० जना थिए ।

प्रहरीले गाडि चालक गुल्मीका उत्तम श्रीस बिरुद्ध जिल्ला अदालत अर्घाखाँचीमा आज सोमबार सवारी ज्यान सम्बन्धी मुद्धा दर्ता गराएको प्रहरी नायब उपरिक्षक पौडेलले बताए । चालक प्रहरीको नियन्त्रणमा छन ।

सदमुकाम सन्धिखर्कदेखि प्यूठानको बादीकोटका लागि दिउसो १ बजे छुटेको ग १ ज ४८७८ नम्बरको जीप हंसपुर गाबिसको रतनमारे नजिक पोषपाटामा दुर्घटना हुदा ९ जनाको घटनास्थलमै र २ जनाको उपचारको लागि सन्धिखर्क ल्याउदै गर्दा र १ जनाको बुटबलमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ । पोष्टमार्टम पछि सबै शब आफन्तलाई अन्तिम सस्कारको लागि बुझाइएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरिक्षक सुजनराज भण्डारीले बताए । ३ घाइतेको बुटबलमा उपचार भैरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.