छोराको आशमा १२ सन्तान

छोराको आशमा १२ सन्तान

लिबाङ: लिबाङ–५ की ४० वर्षीया गौसरी वलीले छोराको आशमा १२ सन्तानलाई जन्म दिइसकेकी छिन्। सत्र वर्ष हुँदा छिमेकी गाविसका २७ वर्षीय खड्कलाल वलीसँग २१ वर्षपहिले उनको मागी विवाह भएको थियो।

विबाह भएको एक वर्षपछि पहिलो छोरीको जन्म दिएकी वलीका क्रमशः एक, साढे एक तथा दुई वर्षको अन्तरमा १२ सन्तान पुगे। सामान्य बिरामी परेका कारण उनका एक छोरा र दुई छोरीको सानैमा मृत्यु भइसकेको छ। 'एउटी छोरी पनि आगोमा परेर अपाङ्ग बनेकी छे हिँड्डुल गर्न सक्दिन। सरकारले अपाङ्गलाई सहयोग गर्छ भन्ने सुनेकी छु तर हाम्रा लागि बोलिदिने कोही छैन,'उनले भनिन्।

हाल उनको नौवटी छोरी छन्। तीमध्ये जेठी छोरीको तीन वर्ष पहिले विवाह भइसकेको छ भने अरू सबैसँगै छन्। अशिक्षा र चेतनाको अभावमा जीवन चलाउँदै आएकी वलीले पहिलोपटक गर्भधारण गरेदेखि एकपटक पनि अस्पताल नपुगेको बताइन्।

'लाज लाग्छ त्यसैले सुत्केरी हुन अस्पताल गइन्। फेरि कसैले अस्पताल जानुपर्छ भनेर सल्लाह पनि दिएनन्। अस्पतालमा बच्चा पाउनेलाई पैसा दिन्छ रे भनेको त सुनेकी छु,' उनले भनिन्,'छोराको आशमा छोरीले घर भरियो। यौटा छोरो जन्मिएको थियो त्यही मात्र बाँचेको भए पनि छोराको इच्छा पूरा हुने थियो तर भाग्यमा नभएपछि यस्तै हुँदो रैछ,' उनले छोरा नहुनुमा भाग्यलाई नै दोष दिन्छिन्। छोरीमात्र भएकै कारण आफूले समाजबाट धेरै कष्ट सहेको हुँदा छोरा जन्माउने वलीको सपना अझै पूरा हुन सकेको छैन।

'हाम्रो समाजमा बाँचे पाल्न, मरे फाल्न छोरा नै चाहिन्छ। फेरि छोरा नहुनेको गैरी जान्छ भन्छन्। त्यसैले छोराको आशै आशमा मेसिले जस्तै बच्चा पाइरहेँ,' धेरै छोरी पाउनु रहरभन्दा पनि बाध्यता भएको उनले बताइन्। 

'वलीजस्तै छोराको आशमा छोरी जन्माउने कयौँ महिला जिल्लामा हिंसाको सिकार बनिरहेका छन्। पितृसत्तात्मक सोच र चिन्तन बोकेको हाम्रो समाज परिवर्तनका लागि महिला हिंसा तथा लैङ्गिक विभेदका चर्का चर्का नारा र भाषण मात्र होइन यथार्थतामा परिवर्तन गर्ने हातको खाँचो छ,' महिला मानव अधिकार रक्षक जिल्ला सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्यले भनिन्। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.