हराएकी छोरी दुई महिनापछि घर आइन्

हराएकी छोरी दुई महिनापछि घर आइन्

राजविराज : दुई महिनादेखि हराई भनेर खोजी गरिएकी किशोरी सोमबार फेला परेपछि परिवार खुसी भएको छ ।

सिरहाको मल्हनमा गोविन्दपुर–२ का ५० वर्षीय गंगाराम महतोले डेढ महिनाअघि ’१७ वर्षीया छोरी हराई’ भनेर सिरहा प्रहरीमा खबर गरेका थिए । यता असार १७ गते पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको बकधुवा सडकखण्डमा एक्लै अलपत्र फेला परेकी किशोरीलाई सप्तरी प्रहरीले राजविराजस्थित महिला सुरक्षित आश्रय केन्द्र (सेफ हाउस)मा संरक्षण दिएर राखेको थियो । प्रहरीका अनुसार पढन, लेख्न नजानेकी किशोरीले आफ्नो र बुवाको नामबाहेक अन्य हुलिया, ठेगाना, सम्पर्क बताउन नसकेपछि अभिभावकको खोजी गरेर जिम्मा लगाउन सकेको थिएन् ।

महिला तथा बालबालिका कार्यालयद्वारा सञ्चालित सेफ हाउसले संरक्षणका लागि बढीमा ४५ दिनसम्म मात्र राख्न सक्ने प्रावधान छ । तर ४५ दिन नाघिसक्दा पनि कोही आफन्त फेला नपरेपछि सेफ हाउसलाई समेत संरक्षण दिएर राख्न समस्या परेको थियो ।

यत्तिकैमा सुनिताका बारेको सूचना टेलिभिजनमा देखेपछि महतोले आफ्नी छोरीका बारे बल्ल थाहा पाएका थिए । त्यसो त उनी टेलिभिजन वा पत्रिकाका पाठक वा स्रोता थिएनन् । काठमाडौंमा बस्ने उनका आफन्तले छोरीको समाचारबारे फोनमार्फत बताएपछि हत्तपत्त जिल्ला प्रहरी कार्यालय सप्तरी पुग्दा त हो रहेछ !

‘लगातार खोज्दा पनि छोरी नभेटेपछि माया मारेका थियौं’ गंगारामले भने– ‘भेटेपछि खुशीको सीमा नै छैन’ उनले सेफ हाउस, प्रहरी, पत्रकार सबैप्रति आभार प्रकट गर्दै भने–‘छोरीलाई धेरैतिर खोजियो तर सकुशल नजिकै फेला परिन् ।’

आमासँग तरकारी बेच्न लहान बजार पुगेकी छोरी सुनिता उतैबाट हराएर सप्तरीको बकधुवा पुगेकी थिईन् । बकधुवास्थित राजमार्गमा फेला परेकी उनलाई सप्तरी प्रहरीले महिला तथा बालबालिका सेवा केन्द्रद्वारा सञ्चालित सेफ हाउसमा गत असार २० गतेदेखि राखेको थियो । हराएकी छोरी सप्तरीको सेफ हाउसमा रहेको सूचना थाहा पाएपछि सोमबार महतो हतार–हतार मोटरसाईकल चढी राजविराजस्थित जिल्ला प्रहरी कार्यालय पुगेका थिए

। भेंटन आतुर बुवा–छोरी दुबैले अंगालो मार्दै फोटो खिंचाए र हाँस्दै घरतर्फ लागे । निकै हर्षित उनीहरु अंगालो मारेर खुशीको आँशु झारिरहेका देखिन्थे ।
विछोडिएको परिवार भेटिएकोमा खुशी प्रकट गर्दै प्रहरी नायव उपरिक्षक दानबहादुर कार्कीले ग्रामीण क्षेत्रमा बालबालिकाको शिक्षा दिक्षामा अभिभावकले ध्यान दिए यस्ता घटना न्यूनीकरण हुने अनुभव सुनाए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.