शान्ति सेना दोब्बर पार्ने नेपालको इच्छा

शान्ति सेना दोब्बर पार्ने नेपालको इच्छा

काठमाडौंः सरकारले राष्ट्रसंघीय शान्ति सेनामा नेपाली सुरक्षाकर्मीको संख्या दोब्बर पार्न तयार रहेको जानकारी राष्ट्रसंघलाई गराएको छ ।

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका उपमहासचिव अतुल खेरसँग सोमबार भएको भेटमा रक्षामन्त्री बालकृष्ण खाणले राष्ट्रसंघीय शान्ति सेनामा नेपाली सेनाको संख्या बढाउनमात्र नभएर राष्ट्रसंघीय शान्ति सेनामा नेतृत्व लिनसमेत तत्पर रहेको बताए । ‘राष्ट्रसंघीय शान्ति सेनामा नेतृत्व लिन नेपाली सेना सक्षम छ’, खाणले भने ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले पनि राष्ट्रसंघीय शान्ति सेनामा नेपालीहरूको संख्या बढाउनुपर्ने बताएका छन् । राष्ट्रसंघका उपमहासचिव खेरसँग सोमबार भएको भेटमा प्रधानमन्त्री दाहालले नेपाली सेनाले राष्ट्रसंघ शान्ति मिसनमा कार्यरत रही विश्वका कठिन ठाउँहरूमा शान्ति स्थापनामा गरेको महŒवपूर्ण योगदानको मूल्यांकन गर्दै नेपालीहरूको संख्या बढाउनुपर्ने धारणा राखेका हुन् ।

उपमहासचिव खेरले नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती कर्मचारीहरूले पुर्‍याएको योगदानको प्रशंसा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले विश्वको शान्ति कायम गर्ने कार्यमा थप शान्ति सेना पठाएर योगदान गर्ने नेपालको इच्छाको सराहना गरे ।

बाँकी शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउने नेपालको प्रयासप्रति राष्ट्रसंघले सहयोग गर्नेसमेत उपमहासचिव खेरले बताए । प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको बडापत्रप्रति नेपालको प्रतिबद्धता जनाउँदै नेपाल आफैंले सुरु गरेको शान्तिप्रक्रियामा राष्ट्रसंघको सहयोगी भूमिकाका लागि धन्यवाद दिए । राष्ट्रसंघ उपमहासचिव खेरले मंगलबार परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग दिवाभोजसहित भेटवार्ता गर्दैछन् ।

यसैबीच प्रधानमन्त्री दाहाल र नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक भ्यालेरी जुलिएन्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा जुलिएन्डले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना दिइन् ।

भेटमा जुलिएन्डले समसामयिक राजनीति र सरकारको योजनाबारे चासो राखेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्रीले नेपालको शान्तिप्रक्रियामा संयुक्त राष्ट्रसंघले गरेको सहयोगको प्रशंसा गरे ।

उनले संविधान कार्यान्वयन, शान्तिप्रक्रियाको पूर्णता, भूकम्पको पुनर्निर्माण र नवर्निर्माण, सुशासन र राहत, ठूला परियोजनाको सञ्चालन र समृद्धिको जग बसाल्न नयाँ सरकार क्रियाशील भएको जुलिएन्डलाई जानकारी गराएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.