बढी भाडा असुल्ने सवारीमाथि कारबाही  

बढी भाडा असुल्ने  सवारीमाथि कारबाही  

विराटनगरः मोरङमा बढी भाडा असुल्ने सार्वजनिक सवारी साधनमाथि धमाधम कारबाही गर्न थालिएको छ ।यात्रुसँग निर्धारितभन्दा बढी भाडा लिएर ठगी गरेको गुनासो बढेपछि त्यस्ता सवारी साधनमाथि कारबाही थालिएको हो ।

बढी भाडा लिने क्रम पटकपटक दोहोर्‍याएमा सवारी चालक र सहचालकमाथि अन्य कारबाहीसमेत अघि बढाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीको टोलीले राजमार्गमा सञ्चालनमा रहेका सवारी साधनमाथि संयुक्त रूपमा चेकजाँच थालेका छन् ।

चेकजाँचमा खटिएको टोलीले निर्धारित भाडा दरका बारेमा जानकारी लिँदै बढी भाडा लिएको पाइएमा कारबाही गर्न थालेको हो । बढी भाडा लिने सवारी साधनमाथि पहिलो पटक बढी लिइएको भाडा यात्रुलाई नै फिर्ता गरेर पाँच सय रुपैयाँ जरिवाना गर्न थालिएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक धनप्रसाद सिवाकोटीले बताए । त्यो क्रम दोहोर्‍याएमा रेकर्ड हेरेर ट्राफिक प्रहरीले पटके कारबाही गर्ने तयारी गरेको छ ।

प्रायः सवारी साधनले निर्धारण गरिएको भन्दा २० रुपैयाँसम्म बढी भाडा लिने गरेको पाइयो । 

‘निर्धारितभन्दा बढी भाडा लिने गरेको गुनासो बढेपछि कडाइ थालिएको छ,’ उनले भने, ‘त्यस्ता सवारी साधनलाई उन्मुक्ति दिनै मिल्दैन ।’ विराटनगरबाट इटहरी, धरान, इनरुवा, काँकडभिट्टा, दमक, बिर्तामोड, भद्रपुर, सिरहा, सप्तरी, राजविराज, फत्तेपुर, उदयपुरलगायतका स्थानमा जाने र छोटो दूरीमा चल्ने सवारी साधनले बढी भाडा लिने गरेको पाइएको उनले बताए ।

सिवाकोटीका अनुसार प्रायः सवारी साधनले निर्धारण गरिएको भन्दा २० रुपैयाँसम्म बढी भाडा लिने गरेको पाइयो । पूर्वक्षेत्रीय प्रहरी प्रमुख डीआईजी केशरीराज घिमिरे र पूर्वक्षेत्रीय ट्राफिक प्रहरी प्रमुख एसपी पवनकुमार गिरीले यात्रुसँग बढी भाडा लिने सार्वजनिक सवारी साधनलाई कारबाहीको दायरामा ल्याउन पूर्वक्षेत्रभरिका सबै ट्राफिक युनिटलाई निर्देशनसमेत दिइसकेका छन् ।

विराटनगरबाट धरानको ७४ रुपैयाँ, इनरुवाको ७७, फत्तेपुरको एक सय ६७, राजविराजको एक सय ७३, भद्रपुरको दुई सय सात, गाईघाटको दुई सय ७२, कटारीको तीन सय २८ रुपैयाँ भाडा दर तोकिएको छ । तर धरानसम्म यात्रु लिएर गएका बस र माइक्रोबसले ८० देखि ९० रुपैयाँसम्म भाडा असुल्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.