म्याद थपिएपछि केन्द्र र नाममा किचलो

म्याद थपिएपछि केन्द्र र नाममा किचलो

बैतडीः सरकारले स्थानीय तहको पुनर्संरचनाको क्रममा गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगको म्याद १५ दिन थपेपछि बैतडीमा केन्द्र कहाँ राख्ने र के नाम राख्ने भन्नेमा विषयमा किचलो बढेको छ ।

सरकारले आयोगलाई भदौ १५ गतेसम्मको म्याद थपेपछि जिल्लामा केन्द्र तोक्ने, नामाकरण गर्ने र संख्या तोक्ने विषयमा समेत फरक मत राख्नेहरूको संख्या बढ्दै गएको हो । आयोगले दुई लाख ५० हजार जनसंख्या भएको बैतडीलाई दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तह बनाउन प्रस्ताव गरेको थियो ।

जिल्लाको उत्तरी भेगमा चमेलिया गाउँपालिका प्रस्ताव गरिएको छ । यसको विकल्पमा केहीले गोकुलेश्वर, केहीले रिम र केहीले डिलासैनीको जोडदार माग गरेका छन् ।

आयोगको स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति बैतडीका सदस्यसचिव विक्रम चन्दले कसैले आफूलाई पायक पर्ने, कसैले चारैतिरबाट केन्द्र पर्ने र कसैले धेरैलाई पायक पर्ने ठाउँ भएको भन्दै फरक स्थानमा केन्द्र तोक्न माग गरेको बताए । उनले भने, ‘केन्द्र मात्र होइन, संख्या र नामबारे फेरि अनेक माग आएका छन् ।’

बैतडी जिल्लाको पुनर्संरचनाको खाकाको अन्तिम रूप दिइसकेको जानकारी दिँदै उनले विभिन्न विवादका बाबजुद निचोढमा पुगिसकेको खाकाको पक्ष र विपक्षमा अनेक माग र प्रस्ताव आएका छन् । उनका अनुसार कोही ज्ञापनपत्र बुझाइरहेका छन् त कोही जुलुस अनि कोही आन्दोलन गर्ने तयारीमा छन् । जिल्लास्थित आयोगमा केहीले छुट्टै गाउँपालिकाको माग गरेका छन् त केहीले गाउँबाट नगरपालिकामा जान चाहन्नौं भनेका छन् ।

राजनीतिक दल र स्थानीयले जिल्लामा कम्तिमा १० र बढीमा २५ वटासम्म स्थानीय तह बनाउनुपर्ने माग राखेका हुन् । जिल्लाका ६८ गाउँ विकास समितिमध्ये ६ वटालाई मिलाएर जिल्लाकै जेष्ठ सहिद दशरथ चन्दको नाममा नगरपालिका घोषणा गरेपछि ६२ वटा गाविस थिए । आसपासका ६ गाविस समेटेर पाटन नगरपालिका बनाएपछि अहिले जिल्लामा ५६ गाविस र दुई नगरपालिका छन् ।

नवघोषित नगरपालिका पाटनमा हाल १९ हजार जनसंख्या छ । यसमा १६ हजार जनसंख्या थपे मात्र अबको नगरपालिकाको जनसंख्याको आधार पूरा हुन्छ । यसका लागि थप आठ आसपासका गाउँ विकास समिति गाभ्नुपर्ने हुन्छ ।

राजनीतिक दल र स्थानीयले जिल्लामा कम्तिमा १० र बढीमा २५ वटासम्म स्थानीय तह बनाउनुपर्ने माग राखेका हुन् । जिल्लाका ६८ गाउँ विकास समितिमध्ये ६ वटालाई मिलाएर जिल्लाकै जेष्ठ सहिद दशरथ चन्दको नाममा नगरपालिका घोषणा गरेपछि ६२ वटा गाविस थिए । आसपासका ६ गाविस समेटेर पाटन नगरपालिका बनाएपछि अहिले जिल्लामा ५६ गाविस र दुई नगरपालिका छन् ।

‘आयोग त्यसैको तयारीमा छ तर गाउँबाट नगरमा जानेभन्दा छुट्टै नगरपालिका घोषणा गरियोस् भन्नेको माग बढी छ’, सहायक महिला विकास निरीक्षक एवं आयोगकी सदस्य कुनु रौसवालले भनिन्, ‘विवाद खासै नभएको भनेको मेलौली गाउँपालिका जसको नामाकरण पनि भगवतीको नामबाट राखिएको छ, यसैगरी पुर्चौडी गाउँपालिकाको केन्द्र हो जसमा ३५ हजार जनसंख्या पुग्छ र नामाकरण पनि गाविसको नाम हाट भनेर तयार पारेका छौं ।’

बाँकी गाउँपालिकामा पञ्चेश्वर वा शिवनाथ र सिगास वा शिवलिंग राख्ने भन्नेमा मत बाझिएको छ । यिनको केन्द्रमा पनि समस्या रहेको छ । स्थानीय विकास अधिकारी खेमराज विष्टले आयोगले यसअघिको समयसीमाभित्रै टुंग्याएको सातवटा स्थानीय तह, यसका केन्द्र र नामाकरण म्याद थप भएपछि पुनः विभिन्न कुरा आएको बताए । उनले पनि संख्या, नाम र केन्द्रबारे निवेदन, टेलिफोन, जुलुस आदि आउने गरेको जानकारी दिए ।

जिल्लास्थित कांग्रेसका सभापति नरेन्द्र थापाले आयोगले तोकेको सातवटा केन्द्र र समितिले तोकेको नामाकरण र स्थानबारे असहमत रहेको बताए । उनले भने, ‘जिल्लावासीको आमभनाइलाई समितिले आत्मसात गर्न सकेको छैन, सातको सट्टा कम्तिमा १०, ११ वटा बनाउनु पर्छ भनेर पनि जुलुस, बन्द र हडताल गर्ने तयारीमा छन् ।’

आयोगका सदस्य डा. श्यामकृष्ण भुर्तेलले भदौ १५ भित्र प्राविधिक समितिले सहमति जुटाएर पठाउन नसकेका विषयमा आयोगले सहयोग र समन्वयकारी भूमिका खेल्ने बताए । उनले भने, ‘१५ गते आएको प्रतिवेदनपछि पनि स्थानीयको बढीभन्दा बढी संख्याको सहमति नआए पुनः सहमति जुटाउने काम हुनेछ ।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.