भारतमा पहिरोमा पुरिएर ज्यान गुमाउने ६ नेपाली रोल्पाली भएको पुष्टि

भारतमा पहिरोमा पुरिएर ज्यान गुमाउने ६ नेपाली रोल्पाली भएको पुष्टि

लिबाङः भारतको सिम्लामा पहिरोमा पुरिएर ज्यान गुमाउने एकै परिवारका ६ नेपाली रोल्पाका भवएको पुष्टि भएको छ।

गत भदौ ५ गते राति हिमाञ्चल प्रदेशस्थित सिम्लाको बन्द्राली गाउँमा परेको भारी वर्षासँगैको पहिरोमा पुरिएर तालाबाङ–४ रिजाबाङका भएको ११ दिनपछि पुष्टि भएको हो।

छिमेकी वीरबहादुर घर्तीले फोन गरेर पहिरोमा पर्ने तालाबाङका भएको जानकारी दिएका हुन्। ‘मजदुरीमा गएका आफन्तको मृत्युको खवरले गाउँ पुरै शोकमा डुबेको छ’, घर्तीले भने।

लामो समयदेखि सिमलामा मजदुरी गर्दै जीवन निर्वाह गरिरहेका लछिराम पुन र उनका पत्नी देवकुमारीसहित चार छोराछोरीको पनि मृत्यु भएको हो। पहिरोमा पुरिएर ज्यान गुमाउनेहरुमा लछिरामका छोराहरु कामु र करण तथा छोरीहरु अनिता र सुनिता पुन रहेका छन्।

स्याउ बगैचामा मजदुरी गर्ने उनीहरु अस्थायी टहरामा बस्दै आएका थिए। पहिरोले उनीहरुले काम गर्ने स्याउको बगैंचा पनि ध्वस्त वनाएको थियो। मृतक लछिरामका भाइ पनि भारतको सोही ठाउँमा भएकाले मृतक सबैको उतै दाहसंस्कार समेत भइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.