अस्पतालमा सर्पले टोकेका बिरामीको चाप

अस्पतालमा सर्पले टोकेका बिरामीको चाप

वीरगन्जः वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि आउने सर्पदंशका बिरामीको संख्या बढेको छ । नारायणी उपक्षेत्रीय अस्पतालमा मात्रै दैनिक सर्पदंशका सातआठजना बिरामी उपचारका लागि आउने गरेका छन् ।

असार महिनायता नारायणी उपक्षेत्रीय अस्पतालमा सर्पदंशका बिरामीको चाप अत्यधिक बढेको अस्पतालको आकस्मिक उपचार कक्षका इन्चार्ज प्रह्लाद साहले बताए । गत असार र साउन गरी दुई महिनामा मात्रै अस्पतालमा सर्पदंशका चार सय ५२ जना बिरामी उपचारका लागि आएको जानकारी साहले दिए ।

उनले भने, ‘दुई महिनामा सर्पदंशका दुई सय ४५ पुरुष र दुई सय सातजना महिला अस्पतालमा उपचारका लागि आएको तथ्यांक छ ।

असार र साउन महिनामा गरी अस्पतालमा आएका सर्पदंशका बिरामीमध्ये ३१ जनाको एन्टी स्नेक भेनम अर्थात् सुई लगाएर उपचार गरिएको जानकारी साहले दिए ।

दुई महिनामा चार सय ५२ जना सर्पदंशका बिरामी उपचारका लागि आए पनि शरीरमा सर्पको विषको असर देखापरेका ३१ जनालाई मात्र सुई लगाएर उपचार गरिएको उनले बताए ।

‘उपचारका लागि अस्पतालमा आउने सर्पदंशका बिरामीलाई सुरुमा केही घन्टा अब्जरभेसनमा राखिन्छ’, उनले भने, ‘अब्जरभेसनका क्रममा शरीरमा विषको असर देखापरे मात्रै सुई लगाएर उपचार गरिन्छ । विषको असर देखा नपरेकालाई भने १२ देखि २४ घन्टापछि घर पठाउने गरेका छौं ।’

नारायणी उपक्षेत्रीय अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाही र मकवानपुर जिल्लाबाट सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् । वीरगन्जमा सर्पदंशका बिरामीको उपचार सेवा नारायणी उपक्षेत्रीय अस्पतालमा मात्र उपलब्ध छ ।

तराईका जिल्लामा बढीजसो करेत र कोब्रा जातिका विषालु सर्पको बिगबिगी छ । नारायणी उपक्षेत्रीय अस्पतालमा एन्टी स्नेक भेनमको अभाव नभएको अस्पतालका प्रवक्ता रमेश चौधरीले बताए ।

 

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.