'काठमाडौं-नागढुंगा सडक विस्तारमा लापरवाही'

'काठमाडौं-नागढुंगा सडक विस्तारमा लापरवाही'

काठमाडौं : राजधानी प्रवेश गर्ने कलंकी–नागढुंगा सडक विस्तारमा भइरहेको लापरवाही तथा ढिलाइबारे सांसदहरुले सरकारसँग जवाफ माग गरेका छन्।

राजधानी छिर्ने नागढुंगा नाकाको सडक लाजमर्दो अवस्था रहेको र यसले सम्पूर्ण राजधानीप्रति नै व्यंग्य गरेको भन्दै यसमा छानबिन गरेर कामलाई प्रभावकारी रुपमा अघि बढाउन सांसदहरुले माग गरेका छन्।

नागढुंगादेखि थानकोट हुँदै ढुंगेअड्डासम्मको सडक विस्तारमा ढिलाइ हुँदा धुलो र हिलोले प्रयोगकर्ताले निकै सास्ती पाएका छन्। व्यवस्थापिका–संसद्को मंगलबारको संसद बैठकमा बोल्ने सांसदहरुले राजधानी छिर्ने बाटोको अवस्था यस्तो बिजोग हुँदा पनि सरकार रमिते बनेको आरोप लगाए।

नेकपा (एमाले) का युवराज ज्ञवालीले काठमाडौंका सडकहरुको अवस्था लाजमर्दो रहेको बताए। उनले काठमाडौँ–नागढुङ्गा सडकको अव्यवस्थापनका कारण यात्रु घन्टौं जाममा पर्ने गरेको र पर्यटकसामु नेपालीले लाज मान्नुपर्ने अवस्था आएको बताए।

यस्तै नेपाली काँग्रेसका चन्द्र भण्डारी, नेकपा (माओवादी केन्द्र) का हरिबोल गजुरेल, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का योगेन्द्र चौधरी तथा अन्य सांसदहरुले पनि सडक विस्तारमा भइरहेको ढिलाइबारे सरकारको ध्यानाकर्षण गराएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.