इलाममा सातजनामा एचआईभी संक्रमण

इलाममा सातजनामा एचआईभी संक्रमण

इलामः इलाम जिल्लामा एचआईभी संक्रमण भेटिएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय तथा जिल्ला स्वास्थ कार्यालय इलामको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२ ७३ मा ८ जनामा एचआइभी पोजेटिभ देखिएकोमा सातजना सक्रमंणको सिकार भएको सार्वजनिक भएको हो ।  

संक्रमणमा पुरुषको संख्या धेरै रहेको जिल्ला जनस्वास्थ्य कार्यालय इलाम एचआईभी शाखा सूचना अधिकारी टंक चौधरीले जानकारी दिए  ।

रोजगारीका लागि विदेश जाने युवाले असुरक्षित यौन सम्पर्क गर्ने, लागु पदार्थ सेवनका लागि सुई प्रयोग गर्नेलगायतका कारण एचआईभी संक्रमण बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।

विदेशबाट फर्किएपछि घरमा श्रीमतीलाई समेत एचआईभीको सिकार बनाउने जिल्ला अस्पताल इलामका अहेव चन्द्र साँवाको भनाइ छ ।  एचआईभी देखिएपछि यसलाई निर्मूल गर्न सकिदैन । संक्रमितले औषधिको लिएर दैनिकी चलाए पनि यो निको नहुने रोग हो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.