बालकबालिका १० अभियुक्तलाई जन्मकैद

बालकबालिका १० अभियुक्तलाई जन्मकैद

परासीः बालकलाई बली दिई हत्या गरेको अभियोगमा नवलपरासी अदालतले एकजनालाई सर्वस्व र ९ जनालाई जन्मकैदको सजाय दिएको छ । घटनाका अभियुक्त एक नाबालकलाई अदालतले ६ महिनाको सजाय गरेको छ ।

जिल्ला न्यायाधीश स्वीकृत पराजुलीको इजलासले सोमबार गरेको फैसलाअनुसार जन्मकैदको सजाय पाउनेमा तीन परिवारका नौजना छन् । बालकलाई बली दिने मुख्य तान्त्रिकलाई पनि जन्मकैदको सजाय गरिएको छ ।

गत वर्ष साउन ५ गते नवलपरासी कुडिया गाविस ४ मर्चहवा गाउँका शिवमंगल कोहारका १० वर्षीय छोरा सोनु भनिने जीवन कोहारको छिमेकी कोदई हरिजनले अन्य दुई झाँक्रीसँग मिलेर हत्या गरेका थिए ।

झाँक्री कोदईले आफ्ना छोरा विजयलाई तान्त्रिक विद्या सिकाउने नाउँमा सोनुलाई ‘बली’ चढाएका थिए । घटनामा मतियार भएको भन्दै मुख्य अभियुक्तको परिवारका सदस्यमाथि पनि मुद्दा चलाइएको थियो ।

अदालतको फैसलाअनुसार घटनाका मुख्य अभियुक्त कोदुई हरिजनलाई सर्वस्वसहित जन्मकैद सुनाइएको हो । जन्मकैदको सजाय पाउनेमा कोदाईकी श्रीमती कान्ति र उनका छोरा विजय पनि छन् ।

त्यस्तै अर्का झाँक्री रुद्धल हरिजनसहित उनकी श्रीमती बुनिया, दुई छोरा रामानन्द र दीनानाथले पनि जन्मकैदको सजाय पाएका छन् । जन्मकैदको सजाय पाउने अन्यमा घटनाका मतियार सूर्यमान हरिजन र उनकी श्रीमती सुनिता छन् ।

मुख्य तान्त्रिक छिमेकी गंगा हरिजनलाई पनि अदालतले जन्मकैदको सजाय सुनाएको छ । छिमेकी नाबालक लक्ष्मीलाई भने छ महिना कैद सुनाइएको हो ।
बालकको बलि नदिए छोरालाई सन्चो नहुने भन्दै कोदाईले अन्य तीनजनालाई ५० हजार रुपैयाँ दिएर सोनुको घाँटी रेटी हत्या गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.