सेनाको पुनःसंरचना हुन्छ : रक्षामन्त्री खाँड
चितवन : रक्षामन्त्री बालकृष्ण खाँडले नेपाली सेनाको आवश्यकताअनुसार पुनःसंरचना हुने बताएका छन्।
चितवन आइपुगेका मन्त्री खाँडले बुधबार यहाँ पत्रकारसँग भने, नेपाली सेनाको आवश्यकताअनुसार पुनःसंरचना हुन्छ। त्यसबारेमा अध्ययन र छलफल भइरहेको छ।'
उनले नेपाली सेनाले नेपाल एकीकरणदेखि राष्ट्रिय अखण्डता, स्वतन्त्रता र एकताका लागि पु¥याएको भूमिका महत्वपूर्ण रहेको बताए।
मन्त्री खाँडले संविधान संशोधन गरी मधेसवादी दलको मागलाई सम्बोधन गरिने बताए। त्यसका लागि सरकारले गृहकार्य सुरु गरिसकेको उनको भनाइ थियो । मन्त्री खाँडले भने, “संविधान संशोधनका लागि साझा धारणा बनाउने काम सुरु भएको छ ।”
मधेसवादी दलले राखेका मागको सम्बोधनपछि मात्र उनीहरु सरकारमा आउने वा नआउने टुङ्गो लाग्ने पनि मन्त्री खाँडले बताए।
संविधान कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उहाँले स्थानीय निकायको निर्वाचन समयमा नै हुने बताए। संविधान निर्माणमा जुटेका तीन ठूला दल संविधान कार्यान्वयनमा पनि एक हुने विश्वास उनले व्यक्त गरे। राज्य पुनःसंरचना गर्दा स्थानीय निकायको केन्द्रमा पुग्न बास बस्नुपर्ने अवस्था आउन नहुने र सानो भएर खर्च नधान्ने पनि हुन नहुने उनले बताए।
नेपाली काँग्रेसका नेता खाँडले पार्टी विधानसम्मतरुपमा चल्ने कुरामा आफूले सहयोग गर्ने पनि बताए। रासस