रानीपोखरी पुनर्निर्माण रोक्न युनेस्कोको पत्र

रानीपोखरी पुनर्निर्माण रोक्न युनेस्कोको पत्र

अन्नपूर्णः काठमाडौंः संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले रानीपोखरीमा भइरहेको पुनर्निर्माण तुरुन्त रोक्न सरकारलाई पत्र लेखेको छ ।
रानीपोखरीमा भइरहेको पुनर्निर्माण प्रक्रिया ‘गलत’ रहेको भन्दै राष्ट्रसंघीय निकाय युनेस्कोले गत साता सरकारी निकायलाई पत्र लेखेको हो । काठमाडौं महानगरपालिका र पुरातत्व विभागलाई पत्र लेखेर पुरातातातत्तिक महत्वको प्राचीन सम्पदा रानीपोखरी पुनर्निर्माण सही ढंगले नभएको उसले बताएको हो ।

‘रानीपोखरीमा गलत रूपमा पुनर्निर्माण गरिएसँगै काठमाडांैभित्रका सांस्कृतिक सम्पदाहरू काष्ठमण्डप, मजुडेगा र हनुमानढोका दरबार स्क्वायर संग्रहालयको आगामी दिनमा हुने पुनर्निर्माणमा समेत प्रश्न उठाउनेछ’, युनेस्कोले विज्ञप्तिमा भनेको छ ।

काठमाडौ‌को मुटुमा अवस्थित रानीपोखरीमा गत वर्षको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको थियो । १६ औं शताब्दीमा निर्मित रानीपोखरी मन्दिर पुनर्निर्माणमा परम्परागत निर्माण सामग्री प्रयोग नभएको पाइएपछि युनेस्कोले आपत्ति जनाएको हो ।

रानीपोखरीमा सिमेन्ट, ढुंगा, रोडा, गिटीलगायत कंक्रिटहरू प्रयोग गरी पुनर्निर्माण थालिएपछि स्थानीय जनताले विरोध जनाउँदै आएका छन् । परम्परागत निर्माण सामग्री नै प्रयोग गरेर पुनर्निर्माण गर्नुपर्ने माग उनीहरूको छ । गत सातादेखि रानीपोखरी पुनर्निर्माण रोकिएको छ । काठमाडौं उपत्यकाभित्र भूकम्पले क्षति पुर्‍याएका सम्पदामध्ये रानीपोखरी पुनर्निर्माण पहिलो प्राथमिकतामा परेको छ ।

रानीपोखरी मन्दिरको पुनर्निर्माणको काम पुराततत्व विभागको रेखदेखमा गर्नसमेत युनेस्कोले सुझाएको छ । युनेस्कोले ऐतिहासिक सम्पदा पुनर्निर्माण गर्दा ठेक्का प्रक्रिया परिवर्तन गर्नसमेत सुझाव दिँदै आएको छ । ‘सबैभन्दा कम मूल्यमा सम्पदा पुनर्निर्माण गर्ने ठेकेदारलाई ठेक्का दिँदा प्राचीन सम्पदा खतरामा पर्न सक्छन् । ती सम्पदा पुरानै स्वरूपमा नरहन सक्छन्’, युनेस्कोले भनेको छ ।

रानीपोखरी पुनर्निर्माणमा स्थानीय बासिन्दालाई सहभागी गराउने सरकारी निर्णयप्रति भने युनेस्कोले स्वागत गरेको छ । भूकम्पले देशभर सात सयवटा सांस्कृतिक सम्पदामा क्षति भएको बताइएको छ । सांस्कृतिक सम्पदा पुनर्निर्माण गर्दा उनीहरूको मौलिकता र प्राचीनता गुम्न नहुने युनेस्कोले बताउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.