कुख्यात सिरियल किलर ‘रईस’ यसरी समातिए

 कुख्यात सिरियल किलर ‘रईस’ यसरी समातिए

सप्तरीः सातजना व्यक्तिको हत्या गरेको अारोपमा मस्तकिम भनिने भारतीय नागरिक रईस मियाँलाई प्रहरीले पक्राउ गरेको छ। सप्तरीमा चार र सुनसरीमा एकै परिवारका तीन जनाको हत्या गरेको अभियोगमा ‘सिरियल किलर’ मियाँलाई प्रहरीले पक्राउ गरेको हो।

विशेष सुराकीका आधारमा खटिएको सप्तरी प्रहरीको टोलीले रईसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट पक्राउ गरेको हो। रईसलाई आइतबार नै पक्राउ गरिएको भएपनि प्रहरीले सोमबारमात्रै पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। 

विदेश उड्ने तयारीमा रहेका भारतीय नागरिक रइसलाई नेपाली राहदानीसहित त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकालले जानकारी दिए। रईस भारतको बिहार मधुवनी जिल्ला लौकहा बगमरियाका हुन्। प्रहरीका अनुसार सप्तरीको सारस्वर गाविस–७ बाट नेपाली नागरिकता लिएर जिल्लामा श्रृंखलाबद्ध हत्याका घटनामा संलग्न रहेको पाइएको छ।

रईसमाथि टिकुलिया गाविस–७ घर भई हाल कुशहा–६ बस्ने सकिल हुसेनसँग मिलेर सकिलकै पत्नी, सासू र ससूराको समेत हत्या गरेको आरोप छ। रईससँग मिलेर हत्याका घटनामा संलग्न हुँदै आएका सकिल भने हाल साउदी अरेबियामा रहेको प्रहरीले जनाएको छ। उनलाई पनि पक्राउ गर्न प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

एसपी ढकालका अनुसार २०६९ साल आसोज १० मा रईसले सप्तरीको कल्याणपुरका कोइली खातुक र उनका श्रीमान् सहबुत मियाँको हत्याको आरोप छ। यस्तै सप्तरीकै जन्डोलमा २०७० मंसिर ६ मा तुलरीदेबी शाह र २०७० साल चैत १ मा त्रिकोलकी निर्मलादेबी शाहको हत्या गरेको रईसमाथि आरोप छ।

रईसले सबैको हत्या आर्थिक प्रलोभनमै परेर गरेको परारम्भीक अनुसन्धानबाट खुलेको एसपी ढकालले जानकारी दिए। उनीहरु सबैको हत्या गरी खल्डो खनेर गाँडेको शब उत्खनन गरी डीएनए परीक्षणपछि मात्रै मानिसको पहिचान भएको थियो।

मृतकको हड्डी परीक्षणपछि पहिचान खुलेसँगै रईसमाथि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। रईसमाथि कर्तव्य ज्यान मुद्दा अदालतमा दायर गरिएको एसपी ढकालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.