आक्रमणबाट डिउटीमा खटिएका प्रहरी गम्भीर घाइते

आक्रमणबाट डिउटीमा खटिएका प्रहरी गम्भीर घाइते

दाङ: शान्तिसुरक्षाका लागि ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ। दाङको भालुवाङ इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक भागवत बस्नेतलाई लालमटिया–८ बागढङीमा स्थानीय युवाको समूहले कुटपिट गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।

सोमबार बस्नेतको कमान्डमा खटिएका चारजनाको प्रहरी टोलीमाथि लुकेर दाउराले प्रहार गरी अगाडि हिँडिरहेका सहायक निरीक्षक बस्नेतमाथि आक्रमण गरेका थिए। टाउकामा गम्भीर चोट लागी घाइते हुनुभएका बस्नेतको बुटवलमा उपचार भइरहेको बताएको छ। कुटपिटमा संलग्न लालमटिया–३ बस्ने सुनिल मल्ल, झपिन्द्र पाण्डे, शेरबहादुर विक, अमर खत्री र अनिल घर्ती फरार भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, सोही समयमा शान्तिसुरक्षाका लागि ड्युटीमा खटाइएका प्रहरी चौकी सिसहनियाका सहायक निरीक्षक यज्ञमणि वैद्यमाथि पनि गोवरडिहा–४ बस्ने श्यामसिंह चौधरी र अम्रेश चौधरीले हातपात गर्न खोजेको र उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरी निरीक्षक मदन केसीले जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.