दीपकराज गिरी प्रियंका कार्कीलाई लिएर कलेजमा
काठमाडौँः हास्यकलाकार दीपकराज गिरी नायिका प्रिंयका कार्कीलाई लिएर कलेज जान थालेका छन्। लामो समय हास्यटेली शृङ्खलामा व्यस्त रहेका गिरी नायिका लिएर कलेज जान थालेका हुन् ।
गिरीले कलेज जान थालेको रहस्य फेसबुक मार्फत् सार्वजनिक गरेका छन् । कलेजमा गएको तस्बिर पोष्ट गर्दे गिरी फेसबुकमा लेख्छन्, ‘फेरी कलेज जान थालियो ।’
गिरी कलेज जानुको रहस्य भने अलि फरक छ । हास्य टेलिशृङ्खला भन्दा चलचित्र क्षेत्रमा बढी सक्रिय देखिएका गिरी पछिल्लो चलचित्र ‘छक्का पञ्जा’को प्रमोशनका लागि कलेज पुगेका हुन् ।
उनले फेसबुकमा थप लेखेका छन्, ‘कलेज जान थालियो तर छक्का पञ्जाको लागि...तपाईंको कलेजमा पनि आउन सक्छौँ है ...हाँस्ने दिन २४ गते ।’
चलचित्र छक्का पञ्जा भदौ २४ गतेदेखि प्रदर्शन हुँदै छ ।