नेपालमा माैलाउँदै लागुऔषधको धन्दा, ६ वर्षमा १५ हजार पक्राउ

नेपालमा माैलाउँदै लागुऔषधको धन्दा,  ६ वर्षमा १५ हजार  पक्राउ

काठमाडाैं: नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै गइरहेका बेला यसको ओसारपसारमा संलग्न अपराधीहरु पक्राउ पर्ने क्रम पनि उल्लेख्य रुपमा बढ्दै गएको छ।

सन् २०११ देखि २०१६ अगस्टसम्मको छ वर्षको नेपाल प्रहरीको तथ्याङ्कअनुसार यस अवधिमा १५ हजार ४९६ जना लागुऔषध ओसारपसारमा संलग्न अपराधी पक्राउ परेका छन्।

सन् २०११ मा दुई हजार एकसय ७४ जना, सन् २०१२ मा दुई हजार ६००, सन् २०१३ मा दुई हजार ६७३, सन् २०१४ मा दुई हजार ९१८, सन् २०१५ मा दुई हजार ६५६ र सन् २०१६ को अगस्ट अन्त्यसम्ममा दुई हजार चारसय ७५ जना व्यक्ति लागुऔषधको ओसारपसार र प्रयोगको क्रममा पक्राउ परेका थिए।

सन् २०११ मा पक्राउ परेकामध्ये दुई हजार ६० पुरुष र ११४ महिला, सन् २०१२ मा दुई हजार ४६३ पुरुष र १३७ महिला, सन् २०१३ मा दुई हजार ५३८ पुरुष र १३५ महिला, सन् २०१४ मा दुई हजार ७६४ पुरुष र १५४ महिला, सन् २०१५ मा दुई हजार ५३३ पुरुष र १२३ महिला र सन् २०१६ को अगस्ट अन्त्यसम्ममा दुई हजार ३५८ पुरुष र ११७ महिला रहेका छन्।

पछिल्लो आठ महिनाको तथ्याङ्कको अनुपात हेर्ने हो यो वर्ष सबैभन्दा बढी व्यक्ति पक्राउ परेका छन्। यही क्रम जारी रहे यो वर्ष तीन हजार ३०० को सङ्ख्यामा पक्राउ पर्ने देखिन्छ ।६ वर्षको यो अवधिमा गाँजा १४ हजार ८८१ किलो, चरेस १४ हजार ८८१, अफिम ७६ र हेरोइन ५२ किलोग्राम र कोकिन २८ किलोग्राम बरामद गरिएको छ ।

गाँजा र चरेसको स्थानीय बजार मूल्य करिब एक किलोग्रामको रु २५ हजार, अफिम एक किलोको रु दुई लाख, हेरोइन र कोकिन एक किलोको रु दुई करोड पर्ने बताइन्छ।

भारतीयको सङ्ख्या पनि अत्यधिक

६ वर्षको यो अवधिमा उल्लेख्य मात्रामा भारतीय नागरिक लागुऔषध ओसारपसारको क्रममा पक्राउ परेका छन्। यो अवधिमा ७२७ पुरुष र ३६ महिला गरी ७६३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। सन् २०११ मा पुरुष १२६ र महिला ९ गरी १३५ जना, सन् २०१२ मा १७९ पुरुष र ८ महिला गरी १८७ जना, सन् २०१३ मा १२३ पुरुष र ६ महिला गरी १२९, सन् २०१४ मा १२७ पुरुष र ६ महिला गरी १३३, सन् २०१५ मा १०७ पुरुष र चार महिला गरी १११ जना र सन् २०१६ को अगस्ट मसान्तसम्ममा ६५ पुरुष र तीन महिला ६८ भारतीय पक्राउ परेका छन्।

भारत बाहेकका तेस्रो मुलुकका ६७ पुरुष र १३ महिला गरी ८० जना विदेशी नागरिक यो अवधिमा नेपालमा पक्राउ परे।

‘ट्रान्जिट’ को रुपमा नेपाल

अन्तर्राष्ट्रिय लागुऔषध तस्करले नेपाललाई तस्करीका लागि ‘ट्रान्जिट’को रुपमा प्रयोग गर्ने गरेका छन्। ब्राजिल, पेरु लगायतका अमेरिकी महादेशीय राष्ट्रबाट नेपालमा कोकिन र हेरोइन आउने गरेको छ। तर ती कोकिन र हेरोइन नेपालमा प्रयोग हुने भन्दा पनि छिमेकी मुलुक भारत, चीन, थाइल्यान्ड, हङ्कङ, सिङ्गापुर, मलेसियालगायतका पूर्वी एसियाका मुलुकमा जाने गरेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले जानकारी दिए।

‘आइस ड्रग’ को रुपमा रहेको एम्फिटामाइन हङकङ, थाइल्यान्ड हुँदै ट्रान्जिटका रुपमा नेपाल ल्याइने बताइन्छ। धेरैजसो तस्करहरुले साधारण व्यक्तिलाई भरियाको रुपमा प्रयोग गर्दै ती मुलुकमा पठाउने गरेको भेटिएको छ। कोकिन, एम्फिटामाइन, हेरोइन जस्ता लागुऔषध धेरै नै महङ्गो हुने भएकाले नेपालमा सीमित घरानियाँ परिवारले मात्रै प्रयोग गर्ने गरेको बताइन्छ।

नेपालको सन्दर्भमा गाँजा, चरेस जस्ता पदार्थ तथा नुरफिन, फेनारगन, डाइजापाम, बुफ्रिनोफाइनजस्ता औषधिजन्य लागुऔषधको प्रयोग बढी हुने गरेको ब्यूरो प्रमुख चन्दले जानकारी दिए। संयुक्त राष्ट्रसङ्घ मातहतको एक संस्थाले गरेको एक अध्ययन अनुसार विश्वमा ३० करोड लागुऔषध दुव्र्यसनी छन्। त्यसैगरी वार्षिक तीन खर्ब ३२ अर्ब डलर बराबरको कारोबार हुने गर्छ। विश्वमा हतियार, लागुऔषध र मानव तस्करी सबैभन्दा बढी कारोबार हुने तीन प्रमुख क्षेत्र हुन्।

नेपाल सरकारले विसं २०६९ मा गरेको एक अध्ययन अनुसार ९१ हजार ५३४ दुव्र्यसनी रहेका छन्। यसमा पुरुष ८५ हजार २०४ र महिला ६ हजार ३३० छन् । प्रतिवर्ष ११ दशमलव ३६ प्रतिशतका दरले दुव्र्यसनीको सङ्ख्या बढ्दै गएको तथ्याङ्कबाट देखिन्छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.