प्रधानमन्त्रीले आज जनताका नाममा सम्बोधन गर्ने
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थापिका संसदको बिहीबारको बैठकमा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीले संसदमार्फत देशबासीका नाममा सम्बोधन गर्दै सरकारका भावी योजना बताउने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सम्बोधनका क्रममा प्रधानमन्त्रीको आसन्न भारत भ्रमण, सरकारका योजना, निर्वाचन, भूकम्पपछिको पुननिर्माण तथा सरकारले प्राथमिकतामा राखेका योजनालगायतलाई सम्बोधन गर्ने तयारी छ ।
व्यवस्थापिका संसदको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।