प्रत्येक प्रदेशमा विश्वविद्यालय स्थापना गरिने
काठमाडौंः सरकारले सातै प्रदेशमा एक–एकवटा विश्वविद्यालय स्थापना गर्ने भएको छ।
बिहीबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले प्रत्येक प्रदेशमा कम्तिमा एक–एकवटा विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेका हुन्।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो घोषणा गरेका हुन्।