असोजभित्रै स्थानीय तहको संख्या र सीमाकंन टुंगो लाग्छः प्रधानमन्त्री

असोजभित्रै स्थानीय तहको संख्या र सीमाकंन टुंगो लाग्छः प्रधानमन्त्री

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असोजभित्रै स्थानीय तहको संख्या र सीमाकंन टुंगो लगाउने बताएका छन्।

बिहीबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय निकायको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउँदै स्थानीय तहको संख्याको विवाद एकमहिनाभित्रैमा टुंगो लगाउने बताएका हुन्।

प्रधानमन्त्रीले भने,‘असोज मसान्तभित्र स्थानीय तहको संख्या र स्थानीय तहको निर्वाचनको टुंगो लगाउने छु। निर्वाचन हुँदैन भन्ने शंका नगरे हुन्छ।’ प्रधानमन्त्रीले निर्वाचन जस्तो संवेदनशील क्षेत्रमा लाभहानीको अवस्था नहेरी काम गर्न सबै दललाई आग्रह समेत गरे।

प्रधानमन्त्री प्रचण्डले २०७४ माघ ७ भित्र तीनवटै चुनाव गर्न सरकार प्रतिबद्ध रहेको बताए। निर्वाचनका सन्दर्भमा आफूले निर्वाचन आयोगसँग निरन्तर छलफल गरिरहेको बताए।

प्रधानमन्त्रीले वार्ताका नामा अब धेरै समय खेर फाल्न नहुने बताउँदै सहमतिमा आउन सबै दलहरुलाई आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.