प्रचण्डको घोषणाः सात प्रदेशमा एक-एक मेडिकल कलेज

प्रचण्डको घोषणाः सात प्रदेशमा एक-एक मेडिकल कलेज

काठमाडौँः प्रधानमन्त्री दाहालले सात प्रदेशमा एक÷एक मेडिकल कलेज स्थापना गरिने  घोषणा गरेका छन् ।

बिहीबार व्यवस्थापिका संसदमा जनताको नाममा सम्बोधन गर्दै उनले यसका लागि आवश्यक प्रक्रिया अगाडि बढेको र स्थानीय तहमा १५ शय्या क्षमताको अस्पताल सञ्चालन पनि गरिने घोषणा गरे ।

सरकारी अस्पतालबाट १० देखि २ बजेसम्म सञ्चालित बहिरङ्ग सेवालाई ५ बजेसम्म पुर्याइने, २० हजार थारुका डिएनए परीक्षण गरिने, ११ प्रकारका रोगका विरुद्ध दिँदै आएको खोपलाई प्रभावकारी बनाइने, मुटु, मिर्गौलालगायत आठ प्रकारका रोगविरुद्ध निःशुल्क उपचार गरिने, विद्यालयमा निःशुल्क आँखा उपचार परीक्षणको व्यवस्था गरिने, दश जोड दुईअन्तर्गत विज्ञान विषयलाई प्रभावकारी बनाइने, सामुदायिक विद्यालयबाट प्रवेशिका परीक्षामा ए प्लस ल्याउने छात्रलाई सामुदायिक विद्यालयमै उच्च शिक्षा अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरिने घोषणा प्रधानमन्त्रीको सम्बोधनमा समेटिएको छ।

वैदेशिक रोजगारीलाई प्रभावकारी बनाइने, वैदेशिक रोजगारीमा गएकाको गुनासो सुनुवाइ गर्न २४ घन्टाको टेलिफोन सेवा सञ्चालन गरिने र त्रिभुवन विमानस्थलदेखि नयाँ बसपार्कसम्म ठूला यातायात सञ्चालन गरिने समेत घोषणा भएको छ । प्रधानमन्त्रीका अनुसार रोजगारीका क्रममा मृत्यु भएमा सात लाख क्षतिपूर्तिको व्यवस्था सरकारले गर्न लागेको छ ।

प्रधानमन्त्री दाहालले सातै प्रदेशमा उपभोक्ता अदालत स्थापना, सातै प्रदेशमा पेट्रोलियम पदार्थ भण्डारण केन्द्र स्थापना, एकीकृत सडक सुरक्षा कार्यक्रम सञ्चालन, हुलाकी मार्ग निर्माण कार्यको थालनी, समयमै किसान समर्थन मूल्य निर्धारण, पाँच लाख युवालाई सीप प्रदान गरिने जानकारी दिए ।

उनले भूकम्पपीडित जनतालाई आवास निर्माणका लागि रु आठ लाखसम्म सहयोग गर्ने जानकारी दिए । यस क्रममा रु तीन लाख अनुदान, तीन लाख सामूहिक ऋण र दुई लाख ऋणका रुपमा प्रदान गरिने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.