मलेसियामा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु
मलेसियाः रोजगारीका लागि मलेसिया पुगेका मोरङ पथरीका एक युवकको सुतेको ठाउँमा मृत्यु भएको छ । मलेसियाको केपुङ्गको जेटफी कम्पनीमा कार्यरत पथरीका सुवास राईको सुतेकै अवस्थामा मृत्यु भएको हो ।
नेपाली जनप्रगतिशील मञ्चका महासचिव दीपक लिम्बूले सुवासको सुतेकै ठाउँमा मुत्यु भएको जानकारी दिए । लिम्बुका अनुसार राति सुतेका राई बिहान मृत अवस्थामा भेटिएका थिए ।
मृतक राईको शव अहिले क्वालालम्पुरको एक अस्पतालमा राखिएको छ । उनको शव नेपाल पठाउन कम्पनीले आवश्यक प्रक्रिया सुरु गरेको छ । राई दुई वर्षदेखि मलेसियामा कार्यरत थिए ।