भाषा आयोगको अध्यक्षमा अवस्थी नियुक्त

भाषा आयोगको अध्यक्षमा अवस्थी नियुक्त

काठमाडौंः सरकारले भाषा आयोगको अध्यक्षमा डा. लवदेव अवस्थीलाई नियुक्त गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहीबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले सचिव अवस्थीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए।

आयोगको अध्यक्षमा अवस्थीलार्इ नियुक्त गरिएपनि अन्य सदस्यहरु भने नियुक्त गरिएको छैन।

संविधानमै भाषा आयोग गठनको व्यवस्था गरिएको छ। संविधानको धारा २८७ मा संविधान जारी भएको मितिले एक वर्षभित्रमा भाषा आयोग गठन गर्नु पर्ने व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.